+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुस्ताका बालबालिकाको भविष्यमाथि खेलवाड भयो : उपाध्यक्ष चौधरी 

न्यूज कुरा
२०८२ बैशाख २, मंगलवार

नवलपरासी: सुस्ता गाउँपालिकाकी उपाध्यक्ष गीता चौधरीले सुस्ताका बालबालिकाको भविष्यमाथि खेलबाड भएको बताउनुभएको छ । चौधरीले सोमबार सामाजिक सञ्जाल फेसबुकमा सुस्ता गाउँपालिका उपाध्यक्ष निजी सचिवालयमा स्टाटस लेख्दै कक्षा ५ र कक्षा ८ को परीक्षाको नतिजामा गाउँपालिकाले वास्तविकता भन्दा फरक रिजल्ट तयार पारेर अभिभावकहरूमा भ्रम गर्न खोजेका उल्लेख गर्नुभएको छ ।

उहाँले कक्षा ५ र कक्षा ८ को नतिजा प्रकाशन निन्दनीय भएको लेख्नुभएको छ । कक्षा ५ मा ४८ प्रतिशत र कक्षा ८ मा १६.८ प्रतिशत पास भएकोमा के कति कारणले ३/४ विषय लागेका विद्यार्थीहरूलाई के कति कारणले पास गरियो भनी चौधरीले प्रश्न गर्नुभएको छ ।

लाखौ खर्च गरेर गाउँपालिकाले परीक्षा लिने नतिजामा राजनीति किन? के यही हो? सुस्तामा शिक्षाको गुणस्तर सुधार? मनलाग्दो पास भनेर सामाजिक सञ्जालमा पोष्ट गर्ने उहाँले लेख्नुभएको छ । शिक्षामा एकरूपता ल्याउन इमिस प्रणाली नेपाल सरकारले बनायो तर स्थानीय प्रमुख व्यक्ति ज्यू हरूको आदेशमा मनलाग्दो फेरबदल गर्न मिल्दोरहेछ । यहीँ बाट थाहा हुन्छ शिक्षा, शिक्षक, परीक्षा समिति र संरक्षकको हैसियत चौधरीले लेख्नुभएको छ ।

चौधरीले शिक्षामा चाहे शिक्षा समिति होस या शिक्षक, जनप्रतिनिधि जोसुकै कसैले पनि शिक्षामा राजनीति नगन आग्रह समेत गर्नुभएको छ । निर्णय एकातिर कार्यान्वयन अर्कोतिर भएको भन्दै सामाजिक सञ्जालबाट उहाँले असनतुष्टी पोख्नुभएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ