+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गुल्मीकी सरला जसले एकैपटक पास गरिन लोकसेवाका ५ परिक्षा

वासुदेव पोखरेल
२०८१ श्रावण १०, बिहीबार

१० साउन, गुल्मी: लोक सेवा पास गरी सरकारी सेवामा प्रवेश गर्ने चाहना धेरैलाई हुन्छ । तर लोक सेवा परिक्षामा सभागी हुने कमै मात्रले सफलता प्राप्त गर्दछन् ।

लोकसेवाको परिक्षामा सामेल भएको कयौँ पटक हुँदा पनि सफलता प्राप्त गर्न नसक्नेको पनि ठुलै जमात छ । तर कतिपय ब्यक्ति यस्ता छन् जसले एकै पटकमा लोकसेवाका विभिन्न परिक्षामा सफलता प्राप्त गर्ने गर्दछन् ।

यसै मध्येकी एक प्रतिभासाली ब्यक्ति हुनुहुन्छ गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर ६ की सरला पाण्डे । उहाँले यस बर्ष लोकसेवाको ५ वटा परिक्षामा एकैसाथ सफलता प्राप्त गर्नुभएको छ ।

पाण्डेले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रतिष्ठान ५ औँ तह, तारागाउँ विकास समिति चाँथो तह, नेपाल नागरिक उड्डयन प्राधिकरण चौँथो तह खुल्लामा सिफारिस, राष्ट्रिय विधिविज्ञान प्रयोगशाला पाचाँै तह लिखित परिक्षा पास र राष्ट्रिय विधिविज्ञान प्रयोगशालामै चौँथो तह लिखित परिक्षा पास गर्नुभएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

वासुदेव पोखरेल

ट्रेन्डिङ