२५ असार नवलपरासी: पश्चिम नवलपरासीको बर्दघाटमा अति विषालु रसल भाइपर (बाघे सर्प) भेटीएको छ । देख्दा अत्यन्तै लाटो स्वभावको र यसले टोकेपछि सर्पको टोकाईको उपचारमा प्रयोग गरिने एन्टी स्न्याक भ्यानमले समेत काम नगर्ने सर्प उद्दारकर्ता दुर्गा लामिछानेले बताए ।
निकै बिषालु रसल भाइपर ६ महिनाको अबधीमा ३ वटा फेला परिसकेको लामिछानेले जानकारी दिए पछिल्लोपटक वडा नम्बर ७ बेलहानीमा स्थानियले अजीङ्गर सर्प भनी छोपेर उद्दार कर्ता लामिछानेलाई खबर गरेका थिए ।
यो सर्प देख्दा अजीङ्गर जस्तै देखिने भएकोले जोकोहीले सहजै छुट्याउन नसक्ने उनी बताउँछन् । उनले जोखिम मोलेर सर्प छोप्नेकाम नगर्न र त्यस्तो अबस्थामा आफुलाई खबर गर्न आग्रह गरेका छन् ।
लामिछानेले यस अघि बर्दघाट ४ डाँडाटोल र वडा नम्बर ५ पालडाँडाबाट यस प्रजातीको सर्प उद्दार गरिसकेका छन् । “ ६ महिनाको अबधीमा ३ वटा रसेल भाईपर फेला परिसक्यो यस अघिका २ वटा लाई जंगलमा लगेर छोडेको हुँ अहिलेको सर्पलाई अध्यन गर्नका लागि काठमाण्डौबाट टोली आउँदै छ त्यसैले बन विभागमा लगेर सुरक्षित राखिको छ ” लामिछानेले भने ।
अहिले पुर्व पश्चिम राजमार्ग अन्तरगत बुटवल नारायणगढ सडकखण्डमा विस्तारको काम भैरहेको र त्यसमा प्रयोग हुने भाईब्रेटको कम्पनले जमिनमुनी रहेका सर्पहरु बाहिर निस्केर बस्ती सम्म पुग्ने गरेको लामिछाने बताउँछन् ।
यस प्रजातीको सर्पको विष होमोटोक्सिक खालको हुने भएकोले टोकेको ठाउँबाट रगत बगिरहने र मृगौलामा समेत असर गर्ने गर्दछ । यो सर्पको टोकाइबाट मृगौलाको डायालासिस गर्नुपर्ने अबस्था आउने र बाँच्ने सम्भावना निकै कम हुने सर्प विज्ञ बताउँछन् । समयमै उपचार पाएमा जीवनभर पक्षघातको समस्या हुने भएकोले सुरक्षाका उपाय नअपनाई सर्प छुने र चलाउने हेलचेक्राई गर्न नहुने विज्ञको सुझाव छ ।
बर्दघाट नगरपालिकाले सर्प उद्दारका लागि उद्दारकर्ता लामिछानेलाई उद्दार सामाग्री उपलब्ध गराएर सहयोग गरेको छ । पछिल्लो समय उनी घर बस्ती, गोठ, खोरहरुमा सर्प भेटिएको खबर पाउनासाथ दिन रात नभनी उद्दारमा खट्ने गरेका छन् । अहिले लामिछानेलाई नगरपालिका भित्रबाट मात्र नभई नवलपरासी पश्चिम का अन्य ठाउँबाट पनि सर्प उद्दारका लागि अनुरोध आउनेगरेको र पुग्ने गरेका छन् ।
प्रतिक्रिया