+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

महिला सशक्तिकरणका लागि आधार वर्गका महिलाको सहभागिता आवश्यक

विष्णु खनाल
२०८१ फाल्गुन २५, आईतवार

नवलपरासी: आधार वर्गका महिलाको प्रत्यक्ष सहभागिता विना महिला सशक्तिकरण हुन नसक्ने एक कार्यक्रममा सहभागि महिलाहरूले जोड दिएका छन् । दिवसका रुपमा मात्रै महिला सशक्तिकरणको लागी गरिने कार्यक्रमले पछाडि पारिएका र सीमान्तकृत समुदायको महिलाको जीवन स्तरमा परिवर्तनको संवाहक देख्न नपाउनु दुखद पक्ष रहेको सम्सरा परियोजना तथा कालिका स्वावलम्बन सामाजिक केन्द्रका जिल्ला कोर्डिनेटर तिलु श्रेष्ठले बताउनुभएको हो ।

श्रेष्ठले श्रमिक बर्गका महिलाहरूले काम गर्नै क्षेत्रमा नेतृत्व स्वीकार र समान ज्यालादरका लागि अहिले पनि सङ्घर्ष गर्नुपरेको तितो यथार्थ अहिले पनि रहेको बताउँदै अब शक्ति निहित महिला स्वयम् सशक्तिकरण भै अधिकारका लागी आफै बाट शुरु गर्नु पर्नै धारणा राख्नुभएको थियो ।

सहज कर्ताको रुपमा र रहनुभएकी सञ्चारिका समुह नेपाल नवलपरासी अध्यक्ष विष्णु खनालले समानता र सहभागिता भाषणमा मात्र सीमित भएको बताउनुभयो । उहाँले महिला र पुरुष श्रमिकका बिचमा हुने ज्यालाको असमानता, लैङ्गिक आधारमा नेतृत्वको स्तरमा गरिने विभेद अहिलेपनि डरलाग्दो अवस्थामा रहेको बताउनुभएको थियो । खनालले महिलाको सहभागिता र नेतृत्व स्थापित हुने कुरा शक्ति र पहुँचका आधारमा रहेको बताउँदै वास्तविक आधार बर्गका महिलाहरू अहिले पनि धेरै पछाडि रहेको र अन्यायपूर्ण अवस्थामा अल्झिरहेको बताउनुभएको थियो ।

११५ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी महिला अधिकार मञ्च बर्दघाट १४ ले कार्यक्रमको आयोजना गरेको थियो । मञ्चका का अध्यक्ष जमुना तिवारीको अध्यक्षता, सम्सरा परियोजना तथा कालिका स्वावलम्बन सामाजिक केन्द्रको आर्थिक सहयोगमा भएको हो ।

कार्यक्रममा समुन्नत महिला मञ्च नवलपरासीका अध्यक्ष दुर्गा कोइराला, नारी आवाजका जिल्ला अध्यक्ष दुर्गा तिमिल्सिना, मानव अधिकारका लागि एकल महिला जिल्ला अध्यक्ष विष्णुकुमारी थापा, बर्दघाट नगरपालिका बडा नं. १४ का बडा सदस्य सिर्जना वि.क. बडा सदस्य बविता सुनार, लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

विष्णु खनाल

ट्रेन्डिङ