नवलपरासी: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पश्चिम नवलपरासी आउनुहुने भएको छ । पार्टीले सञ्चालन गरेको हुलाकी राजमार्ग केन्द्रित तराई मधेश जागरण अभियान अन्तरगत बैशाख ३ गते परासीमा आउने कार्यक्रम तय भएको पार्टीका जिल्ला इन्चार्ज भविश्वर तिवारी आजादले जानकारी दिनुभयो ।
माओवादी केन्द्रले सञ्चालन केही समय स्थगन गरेर काठमाण्डौ केन्द्रित भएर गणतन्त्रको पक्षमा विशाल खबरदारी सभा गरेको थियो । अहिले पुन अभियानलाई निरन्तरता दिएर अभियानलाई तिव्रताका साथ अगाडि बढाइरहेको छ ।
प्रचण्डले नवलपरासी (ब. सु. प) का दुई स्थानमा आयोजना गरिएका सभालाई सम्बोधन गर्नुहुने कार्यक्रमका प्रचार प्रसार प्रमुख अडिक विकले जानकारी दिनुभएको छ । प्रचण्डले विहान ११ बजे प्रतापपुर गाउँपालिका ९ बेलाटारीमा र दिउँसो २ बजे पाल्हीमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्नुहुनेछ । जनसभा सकिएपछि परासीमा समाजसेवी, मानवअधिकारकर्मी, राजनीतिक दलका प्रतिनिधि, प्रशासनिक प्रमुख, सङ्घ संस्थाका प्रतिनिधि, उद्योगी व्यवसायी र प्रबुद्ध ब्यक्तिहरू सँग अन्तरक्रिया कार्यक्रममा सहभागी हुनुहुने तालिका रहेको छ ।
अभियानलाई सभ्य र भव्य बनाउनका लागि जिल्ला पार्टीले तयारीलाई तीब्र बनाएको छ । बुधबार माओवादी केन्द्रका नवलपरासी जिल्ला इन्चार्ज भविश्वर तिवारी ( आजाद ) को अध्यक्षता, प्रदेश इन्चार्ज चक्रपाणी खनाल ( बलदेव ) को प्रमुख आतिथ्यता, प्रदेश अध्यक्ष
सुदर्शन बरालको विशेष आतिथ्यता, केन्द्रिय सदस्य घनश्याम यादव, केन्द्रिय सदस्य दुलारी हरिजन लगायतको आतिथ्यता बैठक बसेको थियो । बैठकले कार्यक्रममा बढि भन्दा बढि जनसहभागिता गराउने र सफल बनाउने निर्णय गरेको थियो ।
प्रतिक्रिया