१९ साउन, नवलपरासी: बर्दघाटमा रहेको लिटिलबुद्ध कलेज अफ होटल म्यानेजमेन्ट ले मलेसियामा रहेको युरोस्किल टेक्नीकल एण्ड भोकेशनल एकेडेमीबाट सम्बन्धन प्राप्त गरेको छ ।
होटल म्यानेजमेन्टका आधारभुत तथा डिप्लोमा लेवलका प्रयोगात्मक कक्षा संचालन गर्ने गरी गत १८ महिना अगाडि खुलेको कलेजले डिप्लोमा लेवलका कोर्षहरु संचालनका लागि युरोस्किल टेक्नीकल एण्ड भोकेशनल एकेडेमीबाट सम्बन्धन प्राप्त गरेको संचालक नारायण पाण्डेले बताउनुभयो ।
यो संगै अन्तराष्ट्रिय स्तरको मान्यता प्राप्त गर्ने लिटिलबुद्ध कलेज अफ होटल म्यानेजमेन्ट पश्चिम नवलपरासीको पहिलो कलेज बनेको छ ।
६ महिना सम्म कलेजमै सिक्ने र त्यस पश्चात प्रयोगात्मक सिकाईका लागि थाईल्याण्ड, चाईना, सिंगापुर, ईण्डिया, नेपालका स्टार होटल तथा रिसोर्ट हरुमा ६ महिना देखी १ बर्ष सम्मका लागि पठाईने अर्का संचालक कमल पौडेलले बाउनुभयो ।
एस ई ई उत्रिर्ण गरेका र कक्षा १२ उत्रिण गरेका नगरेका सबैले एप्लाई गर्न सकिने संचालकको भनाई छ ।
प्रतिक्रिया