+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सरावलमा जरायो मारेको आरोपमा ४ जना पक्राउ

न्यूज कुरा
२०८१ चैत्र २९, शुक्रबार

नवलपरासी: पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर २ पट्खौली बाट जरायो मारेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । शुक्रबार बिहान ७ बजे तिरको समयमा गाउँमा आएको जरायोलाई सोही ठाउँ बस्ने वर्ष ६२ का सेवी चौधरी, वर्ष २६ का प्रदिप चौधरी र वर्ष ५० का वीरबहादुर चौधरीले लाठा लिएर लगारेका थिए ।

अत्तालिदै भागेको जरायो सोही ठाउँकै वर्ष ५५ का लोक बहादुर चौधरीको घरमा पसेको थियो । घरभित्र थुनेर लाठा भाटाले हानेर जरायो मारेको बताईएको छ । घटनामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय नवलपरासी ( ब. सु. प ) का सुचना अधिकारी प्रहरी नायब उपरीक्षक वीर दत्त पन्तले जानकारी दिनुभयो ।

घटनास्थलमा नेपाल प्रहरी र डिभिजन बन कार्यालय नवलपरासी ( ब. सु. प ) का प्रतिनिधिका टोलीले मुचुल्का उठाउने काम भैरहेको र अनुसन्धान गरी कानुन अनुसार कारबाही प्रकृया डिभिजन बन कार्यालयले अगाडि बढाउने पन्तले बताउनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ