नवलपरासी : रिटर्नी फेडेरेसन नेपाल नवलपरासी पश्चिमको जिल्ला कमिटीको दोश्रो अधिवेशनबाट अध्यक्षमा खगेन्द्र अर्याल निर्वाचित हुनुभएको छ । सुस्ता ५ अनाेमाघाटमा शनिवार सम्पन्न भएको अधिवेशनले १९ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित गरेको हो ।
उपाध्यक्षमा तिल बहादुर पुन र दुर्गा बिक सचिवमा पवित्रा रेग्मी, सह – सचिवमा जनक नेपाल र कोषाध्यक्षमा भूपराज अधिकारी निर्वाचित हुनुभएको छ । सदस्यहरूमा वारिस अन्सारी, पुनर्वासी भेडीयार, मनोज कुमार त्रिपाठी, दिनेश हरिजन, महमद रजाक मिया, श्रवण यादव, जीवन राय, सन्तोष चौधरी, नरेन्द्र चौधरी, रितु श्रेष्ठ, हरि कण्डेल, मोहन थापा, यम प्रसाद डुम्रे, बुद्धि प्रसाद पाण्डे निर्वाचित हुनुभएको छ ।
अधिवेशनलाई सम्बोधन गर्दै रिटर्नी फेडेरेसन नेपालका केन्द्रिय अध्यक्ष अधिकारीले वैदेशिक रोजगारबाट स्वदेश फर्किएका ब्यक्तिहरूको अनुभव र भोगाइलाई सदुपयोग गर्दै देश विकासमा लाग्नुपर्ने धारणा राख्नुभएको थियो । अधिकारीले धार्मिक एवम् ऐतिहासिक महत्व बोकेको ठाउँ अनोमाघाटमा कार्यक्रम आयोजना गरेर सकारात्मक सन्देश दिएको बताउनुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले केन्द्रिय सदस्य एवं रिटर्नी फेडेरेसन नेपालका इन्चार्ज डा. कृष्ण बहादुर केसी ले भारतले अतिक्रमण गरेको ऐतिहासिक सुस्ता भूमिमा कार्यक्रम राखेको प्रति आभार व्यक्त गर्दै नेपालको सबै भन्दा लामो झोलुङ्गे पुल भएकोले स्थानमा कार्यक्रम राखेर नवलपरासीको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नमा रिटर्नी फेडेरेसन नेपाल नवलपरासीले अहम् भूमिका खेलेको धारणा व्यक्त गर्नुभएको थियो । उहाँले विदेशमा आफ्नो ज्यान जोखिममा राखेर सिकेका सीप सरकारले सदुपयोग गर्न नसकेको बताउँदै नेकपा एमालेले ल्याएको रिटर्नीहरुलाई विना धितो ऋण उपलब्ध गराउने कार्यक्रम पुनः सुचारु गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटी अध्यक्ष दिपेन्द्र अधिकारी, नेकपा एमाले केन्द्रीय स्कुल विभागका सदस्य बद्री खनाल, रिटर्नी फेडेरेसन इन्चार्ज राजेन्द्र सुनार लगायतले बोल्दै रिटर्नी फेडेरेसनले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको प्रति धन्यवाद प्रकट गर्दै भुकम्प पीडितका घर निमार्ण गर्ने देखि पार्टीका हरेक गतिविधिमा सक्रियताका साथ लाग्ने एउटा जुझारु जनवर्गीय सङ्गठन बनाउन सफल भएको बताउनुभएको थियो ।
अधिवेशनमा अध्यक्ष चिरञ्जीवी खरालले राजनीतिक तथा आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । जिल्ला उपाध्यक्ष खगेन्द्र अर्यालको स्वागत मन्तब्य र लुम्बिनी प्रदेश सदस्य चोलाकान्त भट्टराईको सञ्चालनमा कार्यक्रमको सम्पन्न भएको थियो
प्रतिक्रिया