+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अर्घाखाँचीमा टिप्पर दुर्घटना हुँदा १ जनाको मृत्यु

न्यूज कुरा
२०८१ जेष्ठ २९, मंगलवार

२९ जेठ, अर्घाखाँची: अर्घाखाँचीमा टिप्पर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको छत्रदेव गाउँपालिका ७ देउराली स्थित तम्घास भित्रि सडकमा सोमबार राती ९ बजेर ४५ मिनेटको समयमा ना ८ ख ६६४४ नम्बरको टिपर सडकबाट करिव ७० मिटर तल खसेको हो ।

दुर्घटनामा परी टिप्पर चालक सन्धीखर्क ८ खाँचीका २६ बर्षिया रामलाल पुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । दुर्घटनामा घाईते भएका पुरीको उपचारका क्रममा जिल्ला अस्पताल गुल्मीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि २ जना घाईते भएका छन् । घाईतेहरु सन्धीखर्क नगरपालिका ७ का ३३ बर्षिया रिसभ केसी र शीतगंगा नगरपालिका २ का २९ बर्षिया नविन घिमिरे रहेका छन् । दुवै जनको लुम्विनी मेडिकल कलेज पाल्पामा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी शंकर पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ