पेशाले म एक रेडियोकर्मी । समय परिवेश अनुसार विभिन्न ब्यक्ति समक्ष प्रश्न गर्ने र त्यसको खरो जवाफ माग्नु मेरो कर्म र धर्म दुवै हो । दुनियालाई प्रशन गरेर जवाफ लिने म हिजो आज म माथी नियमित आउने एकैखालको प्रश्न जसको उत्तर दिन आफैलाई मुस्किल परिरहेको छ ।
आजभोली घरपरिवार, आफन्त संगै साथीभाईले सोध्ने एउटै प्रश्न बिहे किन गर्दैनस् ? उनीहरुको त्यो प्रश्न खासै जटिल होईन तर त्यसको चित्तबुझ्दो जवाफ दिन खै किन किन म अनकनाईरहेको छु । विहेकोलागि केटी नपाएको पनि पक्कै होईन मन भित्र राज गर्ने एउटा हुँदा हुँदै अर्कोसंग कसरी जीन्दगी बिताउन सकिन्छ ? उसको पनि मनै त हो “ मैले विहे गर्ने केटोले मलाई माया गरोस मेरो चाहना र आवश्यकताहरु पुरा गरिदियोस ।”
तर म त एक सामान्य गाउँको केटो रेडियोमा जागिर खाएर यता उता भौतारिँदै बसेको मान्छेले उसका आधारभुत आवश्यकताहरु कसरी पुरा गर्न सक्छु होला भन्ने सोचले गर्दा मन भित्र भित्रै गलिरहेको हुन्छु ।
साथमा रेडियो र पत्रकारिताको जिम्मेवारी तर अहिलेको जमाना अनुसार गोजामा टन्न दाम हुनुपर्नेहो त्यहि दामको अभाव छ मसंग । पत्रकारिता पनि अब कतिन्जेल गर्ने यहाँ पत्रकार भन्नासाथ कलौटे, चाउमिनवालाको भिडियो खिच्ने, लोग्ने स्वास्नीका झगडा, कसको श्रीमती को संग गै, कसले के खायो, भाईरल बन्ने र बनाउने हरुनै हावी हुँदा पत्रकारिता माथि आम जनमानसको विशवास गुम्दै गएको छ । तर मलाई कहिल्यै त्यो बाटो अपनाउन मनलागेन । के गरौँ कसो गराँै मन दोधार भैरहँदा भविश्य अन्यौल भएको पत्तोनै भएन ।
मन भित्र राज गरेकी उनीलाई घरमा ल्याउनत मन छ उमरे पनि भएकै छ घरमा बुबा आमा मात्र हुनुहुन्छ । उहाँहरुको रहर छोराले बिहे गरोस बुहारी ल्याएपछि काखमा नातीनातिना खेलाउने । भनिन्छनी साँवाको भन्दा ब्याजको माया मेरो विहे भएकै छैन तर बुबाआमा मेरो विहे होस र छिटै नातिनातिना खेलाउन आतुर हुनुहुन्छ ।
न जाँड खान्छु, न त चुरोट सुर्तीनै अम्बल केही कुराको छैन तर यो पेशा अँगालेपछि कनेकन समस्या संग सामना गर्दै जानुपर्ने रहेछ ।
विहानै उठेर चियापसल पुग्छु ।साहुजीले चिया सोध्नुभन्दा पहिले सोध्नुभयो सधैँ एक्लै आउने हो की चिया खान साथमा कसैलाई लिएर पनि आउने हो ? सुरुमा त त्यति बुझेन अनी सोधेँ के भन्नुभएको साउजी अली बुझिननी । साउजीले हाँस्दै भन्नुभयो उहितक्या जीवनसाथी कि एक्लै जुनीकाट्ने विचार छ ? कुरो आखिर विहेकै रहेछ ।
घर, मामाघर, साथीभाई, आफन्त जहाँ पुग्छु कुरा तेहिनै हो विहे कहिले गर्ने ? सुन्दा सजिलो तर अहिले मलाई यो प्रश्नको जवाफ दिन निकै मुस्कील गर्ने गरेको छ । अब कति दिन प्रश्नबाट भागेर हिँडु म । ओई तिमिनै भन म के उत्तर दिउँ ? मेरो पनि तिमिलाई प्रश्न छ तिम्रो र मेरो विहे कहिले हुन्छ ?
प्रतिक्रिया