२८ बैशाख, नवलपरासी
क्रिकेटर सन्दिप लामिछानेलाई न्यायको माग गर्दै पश्चिम नवलपरासीमा युवाहरुले प्रदर्शन गरेका छन् । पूर्व पश्चिम राजमार्ग अन्तरगत बर्दघाटको टिसियन चोकमा युवाहरुले सन्दिप लामिछाने दोषि भए कारबाही गर्न र निर्दोश भए न्याय दिन माग गरेका हुन् ।
युवाहरुले सन्दिप लामिछानेको समर्थन मा लेखिएका विभिन्न नारा सहितका प्ले कार्ड र ʺक्रिकेट हाम्रो मान सन्दिप हाम्रो सानʺ लेखिएको ब्यानर राष्ट्रिय झण्डा सहित प्रदर्शनमा उत्रिएका हुन् ।
खेल क्षेत्रबाट राष्ट्रको नाम विश्व सामु चिनाउन खटिरहेका सन्दिप माथी षड्यन्त्र गरेर फसाउने काम भएको र अदालतले समयमै फैसला नगरेर झुलाउँदा सन्दिप विश्वकप खेल्नबाट समेच बन्चित हुनुपर्ने अबस्था आएको भन्दै तत्काल मुद्दाको टुंगो नलगाईए आन्दोलनलाई थप चर्काउँदै लगिने युवाहरुले चेतावनी दिएका छन् ।
सन्दिपको विषयमा गृहमन्त्री रवि लामिछाने मौन बसेको भन्दै युवाहरुले लामिछानेलाई कुन एयरफोन लगाएर बस्नु भएको छ ? आँखामा कुन चस्मा लगाएर बस्नुभएको छ ? भन्दै प्रश्न गरेका थिए ।
प्रदर्शनमा उत्रिएका युवा मध्येका एक चित्रबहादुर बर्माले नेता र उनका मान्छेलाई कानुनले छोड्दिने तर देशका लागि नाम राख्न खेलेको सन्दिप माथी न्याय दिन ढिलाई गरेकोमा बाध्य भएर आन्दोलनमा उत्रिन परेको बताए । उनले युवाहरुको यो विरोधलाई सामान्य नलिन चेतावनी दिए । ूसन्दिप दोसी भए कारबाही गरियोस निर्दोस भए छिटो न्याय दिएर विश्वकपमा सहभागि गराईयोसʺ बर्माले भने ।
अर्का युवा सन्तोष अधिकारीले सन्दिप माथी षड्यन्त्र पुर्वक फसाउने काम भएको बताए । उनले सन्दिपकै कारण नेपालमा क्रिकेटको क्रेज बढ्दै गएको र अन्तराष्ट्रि य स्तरमा नेपालको उचाई बढेको बताए । अदालतले समयमै फैसला नगरिदिँदा सन्दिपको करियरनै ध्वस्त हुने अवस्थामा पुगेको अधिकारीको भनाई छ ।
युवाहरुले सन्दिपको समर्थनमा गरेको प्रदर्शनलाई सबै खेल प्रेमी जोडेर थप चर्काउँदै लगिने चेतावनी समेत दिएका छन् ।
पछिल्लो समय सन्दिप लामिछानेले आफ्नो सामाजीक संजाल मार्फत आफु निर्दोष भएको र आफुमाथी षड्यन्त्र गर्नेहरुको नाम सार्वजनिक गर्ने अभिब्यक्ति सार्वजनिक गरे संगै उनका समर्थकहरुले काठमाण्डौ संगै देशका विभिन्न ठाउँमा सन्दिपको समर्थनमा आबाज चर्काउन थालेका छन् ।
प्रतिक्रिया