+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नवौँ सुर्यनगर गोल्डकपको विजेता बन्यो युनाइटेड वीरगञ्ज 

न्यूज कुरा
२०८१ फाल्गुन १६, शुक्रबार

नवलपरासी : युनाइटेड वीरगञ्ज लुम्बिनी प्रदेशकै दोश्रो ठुलो धनराशी पुरस्कार भएको सुर्यनगर गोल्डकपको विजेता बनेको छ । आइतबार भएको रोमाञ्चक फाइनल खेलमा बाँसवारी क्लब काठमाडौँ लाई १ – ० गोल अन्तरले पराजित गर्दै वीरगञ्जले उपाधि आफ्नो पक्षमा पार्न सफल भएको हो ।

खेलको ८३ औं मिनेटमा युनाइटेड वीरगञ्जका जर्सी नम्बर ७ का सागर चौधरीले गरेको गोल नै निर्णायक गोल बन्यो । पहिलो हाफमा दुवै टोलीले गोल रहित प्रतिस्पर्धा गरे । दोस्रो हाफमा बाँसवारी क्लबले केही राम्रो अवसर सिर्जना गरे पनि वीरगञ्जका गोलरक्षकको उत्कृष्ट बचाउका कारण गोल गर्न असफल रह्यो ।

विजेता युनाइटेड वीरगञ्जले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ नगद पुरस्कार हात पा¥यो भने उपविजेता बनेको बाँसवारी क्लब काठमाडौंले ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त ग¥यो । फाइनल खेल हेर्नका लागि रङ्गशालाको प्याराफिट दर्शकहरूले खचाखच भरिएको थियो ।

फाइनल खेलमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै लुम्बिनी प्रदेशसभाका सदस्य विश्वप्रेम पाठकले बर्दघाट नगरपालिका खेलका लागि उर्वर भूमि भएको बताउनुभएको थियो । बढ्दो युवा पलायनका बिच खेल क्षेत्रबाटै युवाको भविष्य निर्माण गर्नका लागि सुर्यनगर गोल्डकपले मोफसलबाट राम्रो प्रयास गरिरहेको पाठको भनाई रहेको थियो । पाठकले सुर्यनगर रङ्गशालामा प्रदेश सरकार, स्थानीय सरकारको लगानीमा खेलमैदान स्तरोन्नति सँगै प्याराफिट निर्माणको काम भए पनि मैदानको चारैतिर पर्खाल निर्माण गर्नका लागि आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख शम्भुलाल श्रेष्ठले बर्दघाट नगरपालिकाले खेलक्षेत्रको विकासका लागि निरन्तर काम गरिरहेको बताउनुभयो । उहाँले बर्दघाट नगरपालिकाका खेलाडीहरूले राष्ट्रिय अन्तराष्ट्रिय रुपमा ख्याति कमाउँदै खेल क्षेत्रको नेतृत्व गरिरहेको बताउनुभएको थियो । लुम्बिनी प्रदेशकै दोश्रो ठुलो धनराशी भएको सुर्यनगर गोल्डकपले नगरको गौरव बढाएको श्रेष्ठको भनाई रहेको थियो ।

फागुन ७ गतेदेखि सुरु भएको प्रतियोगितामा १० वटा टिम सहभागी थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ