+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नवौँ संस्करणको सुर्यनगर गोल्डकप फाल्गुन ७ गतेबाट

न्यूज कुरा
२०८१ माघ २४, बिहीबार

नवलपरासी: आकर्षक पुरस्कार राशि सहितको नवौँ संस्करणको सुर्यनगर गोल्डकप विगतका वर्ष जस्तै फाल्गुन ७ गते बाट सुरु हुने भएको छ । नवयुवा क्लब बर्दघाट १६ को आयोजना र बर्दघाट नगरपालिकाको संरक्षकत्वमा सञ्चालन हुने फुटबल प्रतियोगिता सञ्चालनका लागि यतिबेला सुर्यनगर रङ्गशाला सजिसजाउकाे काम भैरहेको छ भने माटो फिलिङ, प्याराफिट रङरोगन लगायतका काम सम्पन्न भैसकेको छ ।

यसपटकको प्रथम पुरस्कार राशि ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ हुनेछ भने द्वितीय पुरस्कार राशि ३ लाख ३३ हजार तीन सय ३३ रुपैयाँ रहने बर्दघाट नगरपालिका वडा नम्बर १६ का अध्यक्ष भीमकाजी गुरुङले जानकारी दिनुभयो । ८ औ संस्करण सम्म प्रथम पुरस्कार ५ लाख र द्वितीय पुरस्कार ३ लाख रहेकोमा अहिले वृद्धि गरिएको आयोजकले जनाएको छ ।

गोल्डकप सञ्चालनका लागि बर्दघाट नगरपालिकाले १० लाख रुपैयाँ बिनियोजन गरेको छ ।फाल्गुन ७ गते उद्‌घाटन खेल हुने भएकाले पूर्वतयारी स्वरुप मूलतः ब्यवसायी, संघ सँस्था, सहयोगी मानुभावहरु, स्थानिय पालिकाहरूमा आर्थिक सङ्कलनका कामहरू भैरहेको नव युवा क्लबका अध्यक्ष धन सिंह चितौरेले बताउनु भयो ।

सुर्यनगर गोल्डकपलाई बर्दघाट नगरपालिका र यस क्षेत्रको समग्र परिचयको रुपमा लिने गरिन्छ भने आम खेलप्रेमी र खेलाडीहरूले पनि यसलाई फुटबलको महाकुम्भको रुपमा लिने गर्दछन्

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ