+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्ड अवरुद्ध

रासस
२०८१ असार २३, आईतवार

२३ असार, नवलपरासी: पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्ने खण्डमा रुख ढलेर सडक अवरुद्ध भएको छ । दाउन्ने पहाडको विश्वकर्मा मन्दिर नजिक माथिबाट रुख ढलेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले अवरुद्ध सडक खुल्न समय लाग्ने बताउनुभयो । सडकमा ढलेको रुख हटाउन एक्साभेटरसहितको टिम घटनास्थलतर्फ जाँदै गरेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ