+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सरसफाई सप्ताहः बर्दघाट खानेपानीको बृक्षारोपण, अन्तरक्रिया देखी सम्मान सम्म

न्यूज कुरा
२०८१ जेष्ठ २३, बुधबार

२३ जेठ, नवलपरासी
राष्ट्रिय सरसफाई दिवस तथा विश्व वातावरण दिवसको अवसरमा बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले सप्ताहबयापी कार्यक्रमको शुभारम्भ गरेको छ । सफा धर्ती स्वस्थकर बानी, दिगो सरसफाई भविष्यको लगानी भन्ने मुल नाराका साथ सुरु भएको सरसफाई सप्ताहको पहिलो दिन कार्याल परिसर र डिप वेल, ईलाका प्रहरी कार्यालय बर्दघाट परिसर आसपासको क्षेत्रमा बृक्षारोपण गरिएको हो ।

अशोका, धुपी, गुलमोहर, आँप, कटहर, लिची, अम्बा लगायतका १ सय ५० विरुवा रोपिएको अध्यक्ष दिपक लम्सालले बताउनुभयो । कार्यक्रममा बर्दघाट नगरपालिकाका नगर प्रमुख सम्भुलाल श्रेष्ठ, प्रथम नगरप्रमुख धिरज शर्मा बस्याल, उपप्रमुख रुद्रप्रकाश उपाध्याय, संस्थका कार्यसमतिका पदाधिकारी तथा सदस्य, खानेपानी सुरक्षा योजना, लेखा समित, सचेतना समुह, सल्लाहकार, सिद्धार्थ बैंकका कर्मचारी, गरिमा विकास बैंकका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख सम्भुलाल श्रेष्ठले जलबायु परिवर्तनका कारण देखिएको असर आजको मुख्य चुनौती रहेको बताउनुभएको थियो । उहाँले बर्दघाट नगरपालिकाले निति तथा कार्यक्रममा नगरका योजना सम्झौता गर्दा बृक्षारोपण गर्नुपर्ने उल्लेख गरेपनि कार्यान्वयन हुन नसकेकोमा आगामी आर्थिक बर्षबाट हरेक १ लाखको योजनामा अनिवार्य १ विरुवा रोपेर हुर्काउनेगरी कार्यान्वयन गरिने बताउनुभयो । श्रेष्ठले जलबायु परिवर्तनको असर कम गर्न पर्यावरणिय सन्तुलन कायम गर्ने तर्फ सबैको साथ सहयोग हुनुपर्ने धारणा ब्यक्त गर्नुभयो ।

प्रथम नगर प्रमुख तथा संस्थाका सल्लाहकार धिरज शर्मा बस्यालले विरुवा रोप्नु मात्र ठुलो कुरा नभई त्यसको संरक्षण गर्ने कुरामा ध्यान दिन आवश्यक रहेको बताउनुभएको थियो ।

कार्यक्रममा जिल्ला खानेपानी महासंघका अध्यक्ष देवीदत्त सापकोटाले पनि मन्तब्य ब्यक्त गर्दै बर्दघाट खानेपानीले हरेक बर्ष रचनात्मक काम गर्दै आईरहेको बताउनुभएको थियो ।

बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले २५ गते शितल पार्क र दुर्षमन्दिर परिसरमा बृक्षारोपण, २६ गते टिसिएन चोक हाईवे देखी उत्तर तर्फ डम्पिङसाईट सम्म दुवै तर्फ छरिएर रहेका फोहोर ब्यबस्थापन र बृक्षारोपण गर्न सकिने क्षेत्रको छनोट गरी बृक्षारोपण गर्ने, २७ गते २२ वटै टोलविकास संस्था, आमा समुह स्वास्थ्य स्वयमसेवीकाहरु संग अन्तरक्तिया कार्यक्रम र २९ गते नगरभित्रका खानेपानी संस्था, स्थानिय निकाय र संचारकर्मी संग अन्तरक्रिया संगै सहयोगी संस्था र सरसफाईकर्मीलाई सम्मान कार्यक्रम गरी सप्ताहको समापन गर्ने कार्यक्रम सार्बजनिक गरेको छ ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष कमल थापाको स्वागत मन्तब्य रहेको थियो भने कार्यक्रमको संचालन सचिव शोभाकान्त कोईराला शिवले गर्नुभएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ