१५ जेठ नवलपरासी
वाईसिएल नेपाल नवलपरासीले गणतन्त्र दिवसको अवसरमा दिप प्रज्वलन् गरेको छ । पश्चिम नवलपरासीको बर्दघाटमा गणतन्त्र दिवसको शुभकामना आदान प्रदान संगै सडकमा नेपालको नक्सा र झण्डा बनाई दिप प्रज्वलन् गरिएको हो ।
कार्यक्रममा बोल्दै बर्दघाट नगरपालिकाका उपप्रमुख रुद्रप्रकाश उपाध्यायले १० बर्षे महान जनयुद्ध र १९ दिने जनआन्दोलनको जगमा स्थिापित भएको गणतन्त्र १७ बर्ष पुग्दा सबै अपेक्षा पुरा भैनसकेको बताउनुभएको थियो । उहाँले अब गणतन्त्रलाई थप मजबुद बनाउँदै जनताका अपेक्षालाई पुरा गर्ने तर्फ सबैले ध्यान दिन आवश्यक रहेको धारणा ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रमा वाइसिएल नेपाल नवलपरासी पश्चिमका अध्यक्ष मोहन सापकोटाले माओबादीले संचालन गरेको महान जनयुद्धमा गरिएको बलिानी र त्याग स्मरण गर्दै त्यसकै बलमा जनआन्दोलन मार्फत निरंकुश राजतन्त्रको अन्त्य गर्दै गणतान्त्रीक ब्यबस्था लागु गर्न सफल भएको बताउनुभएको थियो ।
कार्यक्रममा माओबादी केन्द्रका नेता कार्यकर्ता संगै सर्बसाधारण नागरिकहरुको उत्साहपुर्ण सहभागिता रहेको थियो ।
प्रतिक्रिया