+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विवाह गर्न वडाको सिफारिस अनिवार्य

न्यूज कुरा
२०८१ पुष ५, शुक्रबार

५ पुस‚ नवलपरासी: बर्दघाट नगरपालिकाको वडा नम्बर ५ मा विवाह गर्नु पूर्व वडाको अनिवार्य अनुमति सिफारिस लिनुपर्ने भएको छ । वडालाई बालमैत्री वडा घोषणा गरिएसँगै बाल विवाह रोक्नका लागि विवाह पूर्व वडाको अनुमति सिफारिसलाई अनिवार्य गरिएको हो । 


बिहेबारी २० वर्ष पारी भन्ने नारालाई सार्थक बनाउनका लागि वडाबाट यस्तो कदम चालिएको वडा अध्यक्ष विमला गुरुङले बताउनुभयो । घर परिवारमा विवाह कार्यक्रम आयोजना गर्नु पूर्व वडा कार्यालयबाट अनिवार्य अनुमति सिफारिस लिनुपर्ने ब्यवस्था गरिएको अध्यक्ष गुरुङको भनाई छ । 


गत मंसिर २३ गते बसेको बैठकले सर्वसम्मतमा यस्तो निर्णय गरिएको हुँदा २० वर्ष मुनिका किशोर किशोरीले विवाह गरे गराएमा दुवै पक्ष कानुन बमोजिम दण्डनीय हुने हुँदा सचेत भई अरुलाई पनि सचेत गराई कानुनको पालना गर्न वडा कार्यालयले अनुरोध गरेको छ । कसैले उल्लङ्घन गरेमा कानुन अनुसार कारबाही हुने वडा अध्यक्ष गुरुङले जारी गरेको सूचनामा उल्लेख छ ।  

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ