+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

वेब सिरिज माहोल असोज ९ गते देखी सार्वजनिक हुने 

विष्णु खनाल
२०८१ आश्विन ७, सोमबार

७ भदौ, नवलपरासी: समसामयिक विषयलाई समेटेर तयार पारिएको वेब सिरिज माहोल यही असोज ९ गते देखी सार्वजनिक हुने भएको छ । नागरिकले सरकारका निकायबाट काम हुँदा भोग्नुपर्ने समस्या र वैदेशिक रोजगारीका कारण रित्तिदै गएको गाउँको कथालाई समेटेर सिरिज तयार पारिएको लेखक तथा निर्देशक भुपनारायण चौधरीले बताउनुभयो ।

आम नागरिकले भोग्नुपरेका समस्याहरू र छोराछोरी विदेशिँदा एक्लिएका बुबाआमाको यथार्थलाई सिरिजले गहिराइमा उठान गरिने चौधरीको भनाई छ । सिरिजको छाँयाङ्कनका लागि बर्दघाट नगरपालिकाको वडा नम्बर २ सुखौरा गाउँ रोजिएको छ ।

समसामयिक र सबैले महसुस गरेको विषमा तयार पारिएको सिरिजले सबैको मन छुने अपेक्षा प्रोडक्सन टिमले लिएको छ । सिरिजको पहिलो भाग असोज ९ गते बुधबार सार्वजनिक हुनेछ भने दोश्रो भागको छायाँङ्कन पनि सकिएको छ । सिरिजमा नवलपरासी पश्चिम मा रहेर कलाकारिता गरिरहेका कलाकारहरूको अभिनय रहेको छ । मनोरञ्जन र पारिवारिक कहानी समेटिएका धेरै सिरिज बने पनि समसामयिक विषयमा तयार पारिएको माहोल सिरिज दर्शकहरूका लागि नयाँ स्वाद हुनेछ ।

सिरिजको निर्देशन, छाँयाङ्कन भुपनारायण चौधरीले गर्नुभएको छ भने कथा लेखनमा चौधरी सँगै दीर्घनाथ गौतम रहेका छन् । सह निर्देशकमा कलाकार विन्दु सिंह रहनुभएको छ । कलाकारहरूमा विन्दु सिह, नारायण भण्डारी, भीम बहादुर हिस्की मगर, सावित्री बुढाथोकी, सीता देवी रेग्मी, जेवीरा तिवारी, दीर्घनाथ गौतम, अशोक परियार, ज्योती चौधरी, झविलाल ढकाल, सीता सापकोटा, इशा भण्डारी, सुप्रिया न्यौपाने, मिलन गैरे, दीलिप सुनार, हुम बहादुर गुरुङ, ओम भण्डारी, अमर सिरिस, सिद्धार्थ चौधरी, अभिषेक सेन लगायत रहेका छन् ।

सिरिज द कन्टेस्ट नेपाल युट्युब च्यानल बाट हेर्न सकिनेछ । सिरिजको निर्माण द कन्टेन्ट नेपाल टिमले गरेको हो

प्रतिक्रिया

लेखकको बारेमा

विष्णु खनाल

ट्रेन्डिङ