१० साउन, नवलपरासी: सौर्य एयरलाईन्सको जहाज दुर्घटनामा परेर ज्यान गुमाउनेहरुको स्मृतिमा बर्दघाटमा दिप प्रज्वलन गरिएको छ । बुधबार लियो क्लव अफ नवलपरासी दाउन्ने र लायन्स क्लव अफ नवलपरासी बर्दघाटले संयुक्त रुपमा दिप प्रज्वलन गरेका हुन् ।
दुर्घटनामा परेर ज्यान गुमाउनेहरुको आत्माको चिर शान्तिको कामना गर्दै दिप प्रज्वलन गरिएको लियो क्लव अफ नवलपरासी दाउन्नेका अध्यक्ष पारस न्यौपानेले बताउनुभयो ।
बुधबार विहान ११ बजेर ११ मिनेटको समयमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पोखरा उड्दै गरेको विमान विमानस्थल भित्रै दुर्घटनामा परेको थियो । ुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया