+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बर्दघाट प्रज्ञा प्रतिष्ठानको चौथो प्रज्ञा सभा सम्पन्न

न्यूज कुरा
२०८१ असार १६, आईतवार

१६असार,नवलपरासी:  बर्दघाट प्रज्ञा प्रतिष्ठानद्रारा आगामी आर्थिक बर्षका लागी कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । प्रतिष्ठानको चौथो प्रज्ञा सभामार्फत करिब २८ लाख रुपैया बराबरको बजेटका कार्यक्रम सार्वजानिक गरेको हो ।

प्रज्ञा प्रतिष्ठानले भाषा साहित्य, सङ्गीत, सास्कृतिक, कलाको सरक्षण गर्ने गरि योजना ल्याइएको कुलपति डाक्टर घनश्याम न्यौपाने परिश्रमीले बताउनु भयो । “हामीले साहित्य, सस्कृती एब कलाका माध्यमबाट बर्दघाट नगरलाई प्रदेश, राष्ट्र र अन्तरास्ट्रिय रुपमा चिनारी हुने गरि कार्यक्रम ल्याइएको छ ।” कुलपति न्यौपानेले भन्नुभयो । कला सस्कृती र भाषाको प्रशिक्षण गर्ने, साहित्यीक पर्यटन महोत्सव गर्ने, १० वटा साहित्यीक घुम्ती शिबिर गर्ने, लघु अनुसन्धान लेखन, प्रज्ञा दर्पण, विभिन्न जातजातिको रितिरिवाज र सास्कृतिक कार्यक्रम गर्ने, लगायतका कार्यक्रम ल्याएको छ ।

कला र साहित्य क्षेत्रमार्फत प्रतिष्ठानले बर्दघाट नगरलाई राष्ट्रमा नै चिनाउन सफल भएको प्रतिष्ठानका सरक्षण तथा नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले बताउनु भयो । “बर्दघाट नगरका कला, भाषा, साहित्य र सास्कृतिको सरक्षण र सम्बद्धनका लागी स्थानीय पाठ्यक्रममा राख्ने तयारी गरेका छौं ।” उपाध्यायले भन्नुभयो ।

सभामा कला, भाषा, संगीत, साहित्य र ललितकलामा योगदान गर्नेलाई पुस्कृत गरिएको छ । भाषा, कला र साहित्य क्षेत्रमा बर्दघाट साहित्य समाज, ललितकलाबाट चित्रकार मन गोल्डी र सङ्गीत तर्फ श्रृर्ती संगीतालयका सञ्चालक लोक मिजार र काटुन र चित्रकलामा तपचन्द्र प्रायासीलाइ नगद रु २५ हजार र प्रमाण पत्रले पुरस्कृत गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ