१५ असार, नवलपरासी: पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर १० लण्डनव्रिजका १४ बर्षिया प्रमोद घिमिरेको उपचारका लागि आर्थिक अभाव भएको छ । घिमिरे केही महिना देखी विरामी भै काठमाण्डौ स्थित टिचिङ अस्पतालमा उपचार गराईरहेका थिए ।
घिमिरेलाई शरिरमा रगत अभाव हुने समस्या देखिएपछि पटक पटक रगत चढाउँदै आएपनि सुधार नभएपछि चिकित्सककै सल्लाह बमोजीम हाल उनी बोनम्यारो ट्रान्प्लान्टका लागि भारतको फर्टिस्ट अस्पतालमा उपचाररत रहेको उनका बुबा गोकर्ण राज घिमिरेले बताउनुभएको छ । काठमाण्डौमा उपचारकै क्रममा ५० लाख बढि खर्च भैसकेको र ट्रान्प्लान्टका लागि थप ८० लाख नेपाली रुपैयाँ लाग्ने भएपछि छोराको उपचारका लागि आर्थिक अभाव भएपछि सबैसंग सहयोग माग्नुको विकल्प नरहेको गोकर्णको भनाई छ ।
परिवारले सहयोगका लागि अपिल गरेपछि बर्दघाटमा प्रमोदका लागि सहयोगको अपिल गर्दै सामाजीक संजालहरुमा आग्रह गरिएको छ । उनका लागि आफ्नो ईच्छा अनुसार सहयोग गर्नेहरु जुट्न थालेका छन् ।
सहयोग गर्न चाहनेले एस वि आई बैंक परासी शाखामा प्रमोदकी आमा रिता घिमिरेको नाममा रहेको खाता नम्बर २२४१५२४३४०३१८२ मा रकम जम्मा गर्न सकिनेछ । ईसेवा मार्फत सहयोग गर्न चाहनेले ९८१४४२५६९९ मा सहयोग गर्न सकिनेछ ।
विरामीको बारेमा जानकारी लिनका लागि उनका काका प्रकाश घिमिरेको मोबाईल ९८५७०८१२०९ मा सम्पर्क गर्न सकिने छ ।
प्रतिक्रिया