१४ असार, नवलपरासी: प्रमेश्वरको मण्डली विश्व सु समाचार समाजको ६० औं बार्षिक उत्सव तथा वातावरण दिवसको अबसर पारेर विहिबार बृहत सरसफाई कार्यक्रम सम्मपन्न भएको छ । कार्वन न्यूनिकरण परियोजना प्लास्टिक फुटप्रिन्ट हटाउने अभियान अन्तर्गत बर्दघाट नगरपालिका ४ त्रिवेणी रोड संगै बसपार्क क्षेत्रमा ब्यापक सरसफाई सम्पन्न गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनु भएका बर्दघाट नगरपालिका बडा नं. ४ का बडा अध्यक्ष बेदविना तिवारीले जुनसुकै धर्म र जातका भएता पनि आफनो गाउ समाज सफा र स्वच्छ बनाउनुपर्ने हरेक मानवको कतव्य भएको बताउनु भएको थियो । साथै प्लाष्टीक फुटप्रिन्ट हटाउने अभियान तथा सरसफाई कार्यक्रम सराहनिय रहेको बताउनु भएको थियो ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी नायव निरिक्षक चोप बहादुर केसी, बर्दघाट नगरपालिका बडा नं. ४ का वडा सदस्य जनक बहादुर रावल , शान्तीनगर टोलविकास संस्थाका अध्यक्ष होम बहादुर गुरुङ्ग, समाजसेवी लक्ष्मी भक्त लामा लगाएतको उपस्थिती रहेको थियो ।
सरसफाई कार्यक्रममा १५० जना स्वयम सेवकको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया