+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जनप्रतिनिधिको बैठक भत्ता विद्यालयलाई सहयोग

न्यूज कुरा
२०८१ असार १२, बुधबार

१२ असार, नवलपरासी: बर्दघाट नगरपालिकाको वडा नम्बर ८ का जनप्रतिनिधि तथा वडा सचिवले बैठक भत्ता बापतको रकम विद्यालयलाई उपलब्ध गराएका छन् ।

वडा अध्यक्ष कविराज आचार्य, वडा सदस्यहरु जानकी न्यौपाने, टिकामाया परियार, मन बहादुर थापा, दिलिप कुमार चौधरी र वडा सचिव प्रतिमा मल्ले बैठक भत्ता बापत बैशाख महिना देखी असार महिना सम्म प्राप्त गरेको रकम वडामा रहेका भानु आधारभु विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।

बैशाख देखी असार सम्म नियमित ९ वटा बैठक बसेको र त्यस बापत आएको रकम ५४ हजारमा नियमानुसार १५ प्रतिशात कर कटाएर ४५ हजार ९ सय रुपैयाँ विद्यालयका प्रधानाध्यापक मानसिँह परियारलाई हस्तान्तरण गरिएको वडा अध्यक्ष आचार्यले बताउनुभयो ।

विद्यालयले निजि श्रोत बाट राखेका कार्यालय सहयोगी, सहयोगी शिक्षक र अटो चालकलाई तलब उपलब्ध गराउन आन्तरिक श्रोत नहुँदा अफ्ठेरो पर्दै आएकोमा अहिले जनप्रतिनिधिले भत्ता बापतको रकम उपलब्ध गराएपछि केही भएपनि सहयोग पुगेको विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हरि ढकालले बताउनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ