३ असार, बुटवल: लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले मुस्लिम समुदायको दाेस्राे ठूलाे पर्व ईद- उल -अजहा ( बक्र ईद ) काे अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा शुभकामना व्यक्त गर्नुभएकाे छ ।
प्रदेश प्रमुख शेरचनले आज सोमबार शुभकामना सन्देश जारी गर्नुहुदै बक्र ईद पर्वले सम्पूर्ण नेपालीहरूबीच एकता, प्रेम र सहिष्णुता कायम गर्दै सामाजिक न्यायसहितको समुन्नत रास्ट्र निर्माणमा सहयोग पुग्ने बिश्वास व्यक्त गर्नुभएको छ ।
उहाँले नेपाल रास्ट्र बहुजातीय , बहुभाषिक , बहुधार्मिक एवम् बहुसांस्कृतिक बिशेषताहरूले भरिपूर्ण रहेकाे समेत उल्लेख गर्नुभएको छ । सरकारले बक्र ईदकाे अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।
इस्लाम धर्मावलम्बीहरुले बक्र ईद पर्वलाई दोस्रो ठुलो पर्वका रूपमा एक आपसमा खुसियाली साटासाट गरि मनाउने गर्दछन । इस्लाम पात्रो हिजारी सम्वत अनुसार नयाँ वर्षको जुल हिज्जा महिनाको दशौ दिनमा यो पर्व मनाइन्छ ।
ईदलाई मुस्लिम समुदायले आत्म शुद्धिका लागि मनाउने गर्दछन । खासमा जीवन र मरण आफ्नो वशमा छैन भनेर दर्शाउनु नै यस पर्वको उद्देश्य हो । यस पर्वमा अल्लाहलाई खुसी पार्न धर्मले जायज मानेका जनावरलाई कुर्वानी ( बलि ) दिने गरिन्छ ।
प्रतिक्रिया