१ असार, नवलपरासी: त्रिनेत्र जेष्ठनागरीक दिवा सेवा केन्द्रको आयोजनामा पञ्चनगरमा संचालन भैरहेको निशुल्क योग विज्ञान शिविर सम्पन्न भएको छ । गत जेठ २९ गते देखी सुरु भएको योग शिविरको शनिवार समापन गरिएको हो ।
नगर भित्रका नागरिकको शारिरिक र मानसिक स्वास्थ्यलाई ध्यानमा राखी योग शिविरलाई अन्य ठाउँहरुमा पनि संचालन गरिने नगर प्रमुख सम्भुलाल श्रेष्ठले बताउनुभयो । समापन कार्यक्रममा बोल्दै श्रेष्ठले शिविर संचालन हुँदा मात्र नभई निरन्तर योग अभ्यासमा जोडिन आग्रह गर्नुभएको छ ।
पञ्चनगरमा नियमित योग अभ्यास संचालनका लागि पतञ्जली योग समिति पञचनगरको गठन गरिएको छ । सरस्वती श्रेष्ठको संयोजकत्वमा २१ सदस्यिय समिति गठन गरिएको हो । समितिले अव निरन्तर योग अभ्यास संचालन गर्नेछ ।
शिविरमा पतञ्जली योग समिति नवलपरासीका कोषाध्यक्ष एवं पतञ्जली योग समिति त्रिनेत्रधामका संयोजक नरेश पंगेनीले योग अभ्यास गराउादै आउनुभएको थियो । पतञ्जली योग समति त्रिनेत्रधामले विगत २०७६ साल देखी निरन्तर योग अध्यास संचालन गर्दै आईरहेको छ ।
बर्दघाट नगरपालिकाले समिति संग सहकार्य गरी योग प्रशिक्षकहरु तयार गरी १६ वटै वडामा नियमित योग अभ्यास संचालन गर्ने जनाएको छ ।
प्रतिक्रिया