+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लुम्बिनी प्रदेशमा भोलि सार्वजनिक बिदा 

न्यूज कुरा
२०८१ माघ २०, आईतवार

दाङ : लुम्बिनी प्रदेश सरकार स्थापना दिवसको अवसरमा भोलि सोमबार प्रदेशभरि सार्वजनिक बिदा हुने भएको छ । आठौँ प्रदेश स्थापना दिवसको अवसर पारेर प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

प्रदेश सभा सचिवालय परिसरमा भव्य समारोहको आयोजना गरिएको सरकारले जनाएको छ । बाजागाजा सहितको झाँकी प्रदर्शनी सँगै प्रदेश प्रमुखको विशेष उपस्थितिमा समारोह गरिनेछ । प्रदेश मन्त्रालय, सचिवालय, निर्देशनालय र प्रदेश स्थित सबै कार्यालयमा २०, २१ र २२ गते तिन दिन दिपावली गरिने बताईएको छ । विभिन्न पालिकाहरूले कला संस्कृति सँगै झाँकी र भेषभुषा प्रदर्शन गरी मनाउने कार्यक्रम तय गरेका छन् । 

शितगंगा नगरपालिका, लमहि नगरपालिका, शिवराज नगरपालिका, गढवा गाउँपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका, सरुमारानी गाउँपालिकाले झाँकी सहितका प्रस्तुती प्रदर्शन गर्नेछन् । झाँकीको बीचमा प्रतिस्पर्धा गराई प्रथम हुनेलाई २० हजार, दोश्रो हुनेलाई १५ हजार, तेश्रो हुनेलाई १० हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।

यस अघि लुम्बिनी प्रदेश सरकारले माघ २१ गते प्रदेश सभा स्थापना दिवस र फागुन ३ गते प्रदेश स्थापना दिवस मनाउँदै आएको थियो । यसपटक दुइवटा दिवसलाई एकैदिन मनाउनेगरी माघ २१ गतेलाई प्रदेश स्थापना दिवसको रुपमा मनाउने निर्णय गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ