+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नारायणी नदिको बाढि प्रभावितहरुलाई लायन्स र रेडक्रशको सहयोग

न्यूज कुरा
२०८१ आश्विन १४, सोमबार

१४ असोज, नारायणगढ: गत असोज ११ र १२ गते परेको अबिरल बर्षाले नारायणी नदिमा आएको आएको बाढीबाट प्रभावित भएकाहरुलाई भरतपुर–१६ गुम्वा चौर झनझने शरणपुरमा आज लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ आर , नेपाल रेडक्रस सोसाईटीले राहत बितरण गरेका छन् ।

लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ आरले आज एक कार्यक्रमका बिच भरतपुर–१६ गुम्वा चौर झनझने क्षेत्रका बाढी प्रभावित बासिन्दालाई प्रतिघर २ बटाका दरले झुल, फिनेल, नुहाउने र लुगाधुने सावन बितरण गरेको हो । त्यस्तैगरी सोही कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी मंगलपुर उपशाखाले बिभिन्न उपशाखाहरुबाट प्राप्त दाल,चामल, नुन,तेल लगायतका खाद्य सामग्री र ब्लाङ्ककेट बितरण गरेको छ ।

नारायणी नदिमा आएको बाढीबाट प्रभावित १५५ घरघुरीका बासिन्दालाई  भरतपुर महानगरपालिका वडा नं १६ का बिभिन्न टोल सुधार समितिहरुको समन्वय एवं वडा नं १६ का वडा अध्यक्ष अमृतराज हमालको उपस्थितीमा सो राहत सामाग्रीहरु बितरण गरिको थियो ।

राहत बितरण कार्यक्रममा लायन्स क्लब अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ आरका डिष्ट्रिक गर्भनर दिनानाथ न्यौपाने, प्रथम भाईस गभर्नर नवराज सापकोटा, द्धितिय भाईस गर्भनर प्रभाकर पण्डित लगायतका लायनहरुको उपस्थिती रहेको थियो । त्यसैगरी नेपाल रेडक्रस सोसाईटी मंगलपुर उपशाखाका सभापति धर्मराज दवाडी लगायतका रेडक्रसकर्मी, बिभिन्न राजनैतिक दलका प्रतिनिधिहरु र बिभिन्न टोल सुधार समितिका अध्यक्षहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ