११ कार्तिक, नवलपरासी: लुम्बिनी प्रदेश सरकारका नवनियुक्त बन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार ( सन्तु ) ले वनलाई कृषिसँग जोड्नु पर्ने बताउनु भएको छ । बर्दघाट नगरपालिकाद्वारा आयोजित सम्मान तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कलवारले वनलाई कृषिसँग जोडेर आर्थिक विकास गर्न सकिने बताउनु भएको छ ।
सबै मिलेर बन क्षेत्रको संरक्षणमा लाग्नुपर्ने आजको मुख्य आवश्यकता रहेको उल्लेख गर्नु भयो । “ मैले बनलाई कृषि जन्य उत्पादनमा जोडेर उत्पादित बस्तुको बजारीकरण गरि आर्थिक विकास गर्ने तर्फ जोड्ने प्रयासमा छु ।” मन्त्री कलवारले भन्नु भयो ।
मन्त्री भएपश्चात गृह जिल्ला आउनुभएको मन्त्री कलवारले आज विभिन्न सङ्घ सस्था र जनता माझ भलाकुसारी गर्दै बन संरक्षणमा लाग्नु पर्ने आजको प्रमुख आवश्यकता रहेको बताउनु भयो । सामुदायिक वनका वन सम्बन्धी विविध समस्याहरू रहेको उल्लेख गर्दैन मन्त्री कलवारले ती समस्या समाधानका लागी प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मन्त्री कलवारलाई बधाई तथा शुभकामना दिँदै बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले वन क्षेत्रका समस्याहरूको मन्त्री कलवारकै पालामा समाधान हुने अपेक्षा राख्नु भयो । बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खानलले बन तथा वातावरण मैत्री विकास देशलाई चाहिएको धारणा राख्नु भयो । विकासको क्रममा स्थानीय तह र प्रदेश बिच समन्वय होस भन्दै खनालले सफल कार्यकालको शुभकामना दिनु भयो ।
डिभिजन बन कार्यालय नवलपरासी, बर्दघाट नगरपालिका बर्दघाट , महाकवि देवकोटा बहुमुखी क्याम्पस सुनवल, सरावल गाउपालिका वडा नम्बर ६, श्री कृष्ण धाम विकास समिति सुनवल ४ लगायतले मन्त्री कलवारलाई बधाई तथा शुभकामना दिएका थिए ।
प्रतिक्रिया