१२ असोज, नवलपरासी: अविरल वर्षाका कारण नारायणीमा पानीको बहाव उच्च भएपछि त्रिवेणी स्थित गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ । पानीको बहावले खतराको तह पार गरेसँगै ३६ वटै ढोका खोलिएको नेपाल गण्डक पश्चिम नहर सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख इन्जिनियर तिलकराम बुढाथोकीले जानकारी दिनुभएको छ ।
नारायणी पारी सुस्ताको थारूटोलमा बाढी बस्तीमा पसेर डुबान भएको छ । थारूटोलका २५ घरमा बाढी पसेको स्थानीय रविन्द्र जैसवालले बताउनुभयो । घरमा बाढी पसेपछि त्यहाँका स्थानीयहरु छिमेकीका घरमा गएर बसिरहेको र बाढीले तत्काल त्यस्तो क्षति नपुगेको जैसवालले जानकारी दिनुभयो ।
बाढी जुनसुकै समयमा बढ्न सक्ने भएकोले सुस्ता वासीहरुलाई चनाखो रहन आग्रह गरिएको उहाँले बताउनुभयो । वर्षा नरोकिएका कारण पानीको सतह अझै बढ्नकने भएकोले नारायणी नदि आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको नवलपरासी सुस्ता पश्चिमकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बताउनुभयो ।
प्रतिक्रिया