१९ भदौ, रुपन्देही : लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले संविधान राम्रो भएपनि संविधानपछि बनेका कतिपय पुरुषमनोवृत्तिका नीति र नियामावलीका कारण महिला नेतृत्वमा आउन समस्या भएको बताएका छन्। पुरुषमा आफू सधै केन्द्रमा रहनुपर्ने शासकीय मनोवृति हावी हुदाँ पनि महिलाहरु नेतृत्वमा आउन समस्या परेको उनले दावी गरे ।
मिडिया एड्भकेसी ग्रुपले बुटवलमा बुधबार आयोजना गरेको पत्रकार महिलाका लागि राजनीति, संसदीय मामिला र विदेश मामिला सम्बन्धी कार्यशालामा बोल्दै सभामुख घर्तीले अब राजनीतिसंगै हरेक संघसस्था र संगठनमा महिला आउन आट र हिम्मत बढाउनुपर्ने बताए । महिला प्रमुख पद आउनु पर्छ भनी अरुलाई झक झकाउने पत्रकारका संघसस्था र संगठनमै महिला नेतृत्वमा नहुनु दुखद रहेको उनले बताए । उनले पत्रकार महिलालाई नेतृत्वमा ल्याउन पत्रकार पुरुषहरुले विश्वासको वातावरण बनाउन र सघाउन पनि आग्रह गरे ।
रिपोटिड।को सन्दर्भमा राजनीतिक रिपोटिड। गर्ने पत्रकार महिला कम भएपनि विषयवस्तु र प्रस्तुतीको क्षमतामा अब्बल रहेको बताए ।
उद्घाटन कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रीदेवी अर्यालले राजनीति देशको मूलनीति भएकाले आफू स्थापित हुन पत्रकार महिलाहरुले पनि राजनीतिक रिपोटिड।लाई बढाउनु पर्ने बताइन् । उनले राजनीतिकर्मी पुरुषको तुलनामा राजनीतिकर्मी महिलाको विषय वा महिलाले गरेका विषयलाई संचारमाध्ययमले कम प्राथमिकतामा राखेको बताउदै यस्तो भेदभाव नगर्न आग्रह गरे । पत्रकार महिलाहरुले राजनीतिक विटलाई बढाउदै सम्पादक हुने र आफ्ना संघसस्थाको केन्द्रीय पदमा पुग्नेमा लागिरहन सुझाब दिइन् ।
कार्यशालाका प्रमुख प्रशिक्षक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय पूर्व अध्यक्ष डा। महेन्द्र विष्ठले राजनीतिक रिपोटिड।ले पत्रकारितामा प्रभाव बढाउन र समाजमा स्थापित हुन सघाउने बताए । उनले राजनीति देशको मूलनीति भएकाले विशेष अध्ययन र सीप सिकेर मात्रै यस्ता विषय लेख्न पत्रकार महिलाहरुलाई सुझाब दिए ।
मिडिया एडभोकेसी ग्रुपका सस्थापक अध्यक्ष बबिता बस्नेतले राजनीतिक रिपोटिड। गर्ने पत्रकार महिला कम भएको अवस्थामा त्यसबीटमा काम गर्ने संख्या र क्षमता बढाउन कार्यशाला आयोजना गरेको बताइन् । सामाजिक, शिक्षा, स्वास्थ्य लगायतका विषयमा नियमित रिपोटिड। गर्ने पत्रकार महिला केही सीप सिके राजनीतिक रिपोटिड।मा पनि अब्बल हुनसक्ने उनले जनाइन् ।
कार्यशाला उद्घाटनमा बोल्दै संचारिका समूह लुम्बिनीका अध्यक्ष अमृता अनमोलले आफ्नो पत्रकारितामा उचाइ थप्न, समाज र देशलाई झकझकाउने बनाउन अन्य विषयसंगै राजनीतिक रिपोटिड. बढाउनुपर्ने बताइन् । उनले पत्रकार महिलाले राजनीतिक रिपोटिड. गर्न सक्दैनन् भन्ने धेरै भएका बेला त्यसलाई गलत सावित गर्न सीप र क्षमता बढाउन आग्रह गरिन् ।
कार्यक्रमका अध्यक्ष तथा पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले पत्रकारिता व्यवसाय जोखीममा परेको बताउदै आफ्नो पेसा कायम राख्न र नेतृत्वमा पुग्न पत्रकार महिलाले थप क्षमता बढाउनुपर्ने बताए । कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष शेरबहादुर केसी, रासस लुम्बिनी प्रदेशका प्रमुख भरत केसी, सभामुखका प्रेस संयोजक शेरबहादुर केसी, बुटवल उपमहानगरका उपनिर्देशक दामोदर ज्ञवाली लगायतले राजनीतिक रिपोटिड.बारेमा सुझाब दिएका थिए ।
क्यानेडियन राजदुतावासको सहकार्यमा मिडिया एड्भोकेसी ग्रुपले आयोजना गरेको पत्रकार महिलाका लागि राजनीति, संसदीय मामिला र विदेश मामिला सम्बन्धी कार्यशालामा लुम्बिनी प्रदेशका रुपन्देही, कपिलवस्त, नवलपरासी पश्चिम र पाल्पाका २० जनाको सहभागिता रहेको थियो । कार्यशालामा डा. महेन्द्र विष्ठ र बबिता बस्नेतले सहजीकरण गरेका थिए ।
प्रतिक्रिया