१२ भदौ, गैँडाकोट: गैँडाकोट नगरपालिका वडा नम्बर ७ मा रहेको महिला विकास केन्द्रले हरितालिका तीजको अवसरमा दर खुवाउने तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।
संस्थामा रहेका सदस्यहरूलाई शुभकामना आदान प्रदान गर्दै दरखाउने कार्यक्रम बुधबार सम्पन्न गरेको हो। नारायणी सामुदायिक वनको वनभोज स्थलमा आयोजना गरेको कार्यक्रममा गैडाकोट नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष होमनाथ सापकोटा प्रमुख अतिथि रहनुभएको थियो।
प्रमुख अतिथि सापकोटाले महिला विकास केन्द्रले महिला तथा बालबालिकाको क्षेत्रमा गरेका कार्यहरू अरुका लागि पनि प्रेरणाको स्रोत हुने बताउँदै महिलालाई सशक्तीकरण बनाउनका लागि सीपको खाँचो भएको हुँदा वडाबाट सहयोगका लागि प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रमहरू ल्याउनका लागि आग्रह गर्नुभयो।
कार्यक्रममा नारायणी सामुदायिक वनका अध्यक्ष दीननाथ त्रिपाठी सचिव उमा पाण्डे, गैँडाकोट नगरपालिका कार्यपालिका सदस्य ईश्वरी जिसी, नारायणी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरी चापागाईं, सहयात्री साकोसका उपाध्यक्ष राजेन्द्र पौडेल, हरिहर टोल विकास संस्थाका अध्यक्ष होमनाथ सापकोटा ले शुभकामना मन्तव्य राख्नुभएको थियो।
कार्यक्रम संस्थाका अध्यक्ष सरस्वती घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सहजीकरण संस्थाका सचिव सीता आचार्यले गर्नुभएको थियो।
प्रतिक्रिया