+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रभावमा प्रहरी, पीडितले न्याय पाउन कठिनाइ

कार्यालय घेरेर नाराबाजी पछि उजुरी दर्ता

न्यूज कुरा
२०८१ भाद्र १०, सोमबार


१० भदौ, नवलपरासी: नागरिकलाई शान्ति सुरक्षा र न्यायको अनुभुति गराउने प्रहरीनै प्रभावमा परेपछि सर्वसाधारणमा प्रहरी प्रतिको विश्वास गुम्ने खतरा बढ्दै गएको छ । बर्दघाट नगरपालिकाको वडा नम्बर १४ मा शुक्रबार कार्यालय भित्रै खुटिएका पीडितले प्रहरीमा उजुरी गराउनकै लागि ठुलै सङ्घर्ष गर्नुपरेको छ । 

वडा कार्यालयले छलफलका लागि बोलाएको अवस्थामा वडा कार्यालय भित्रै बर्दघाट ७ जिमिरेभारका राजबहादुर क्षेत्री, निजकी श्रीमती पार्वती क्षेत्री र सिता हमाल खड्का माथि बर्दघाट १४ का रितमान कामु, प्रेम कामु, कृष्ण कामु र जीवन कामुले कुटपिट गरेको पीडित पार्वती क्षेत्रीले बताइन् । कुटपिटबाट राजबहादुरको आँखीभौँमा गहिरो चोट लागेको छ । उनको हाल लुम्बिनी सिटी हस्पिटल बुटवलमा आइसीयु उपचार चलिरहेको छ । कुटपिटबाट घाईते भएका पार्वती क्षेत्री र सिता हमाल खड्का उपचार पछि घर फर्किएका छन् ।  

कुटपिट गर्ने प्रेम कामु नेपाली काङ्ग्रेसका जिल्ला सदस्य समेत हुन भने उनका दाजु रितमान कामु जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हुन अर्का भाइ कृष्ण कामु तरुणदलको वडा सभापति हुन । करिब दुईवर्ष अघि पनि स्थानीय लक्ष्मण हमाल संग विवाद हुँदा कामु दाजुभाइ नै हमालको घरमा गई कुटपिट गरेको घटनालाई मिलापत्रमा सुल्झाएको थियो ।

पीडितले दोषीलाई कानुनी कारबाहीको माग गरेर इलाका प्रहरी कार्यालयमा उजुरी दर्ता गराउन ठुलै कसरत गर्नुपर्योपीडक कामु दाजुभाइहरू राजनैतिक संरक्षणमा रहेकै कारण प्रहरीले उनीहरु विरुद्धको उजुरी लिन अनेक बाहनाबाजी गरेपछि प्रहरी विरुद्ध सङ्घर्ष गर्नुपर्ने स्थितिको सिर्जना भएको  । 

वडा कार्यालय भित्रै मरणासन्न कुटिएर रक्ताम्य भएका पीडितका आफन्तले ज्यान मार्ने उद्योग अन्तरगत शुक्रबारै उजुरी दर्ता गराउन पुगे तर प्रहरीले आलटाल ग¥योपीडित पक्ष शनिवार पनि इलाका प्रहरी कार्यालयमा पुगेर उजुरी दर्ता गर्न आग्रह गरे तर प्रहरीले त्यस दिन पनि उजुरी दर्ता गरेन । 

प्रहरीले उजुरी दर्ता गर्न नमान्दा पीडित पक्ष आक्रोशित बन्दै गैरहेका थिए तर पनि उनीहरूले सम्यमता अपनाए । आइतबार बिहानै देखी पीडित पक्षले इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक भिमबहादुर काकीर्को कार्यकक्षमा बसेर उजुरी दर्ता गरी दर्ता नम्बर उपलब्ध गराउन दबाब दिइरहेका थिए । तर कार्कीले भने दर्ता गर्न मानिरहेका थिएनन् । 

कार्कीको मोबाइलमा पटक पटक फोनहरू आईरहेका थिए । फोन आउनासाथ उनले आफुमाथी दबाब रहेको भाव ब्यक्त गर्थे । पीडित पक्षका तर्फबाट उपस्थित भएकाहरुले उजुरी दर्ताका लागि निरन्तर दबाब जारी राखेपछि  बाध्य भएर प्रहरी निरीक्षक कार्कीले निवेदन दर्ता गर्न आदेश दिए । 

पिडित पक्षले प्रमाण सहित दिएको उजुरी दर्ता गर्न इलाका प्रहरी कार्यालय बर्दघाटमा खेप्नुपरेको हैरानीले आम सर्वसाधरणले प्रहरी प्रशासनबाट न्याय पाउने आसा मार्नुपर्ने अबस्था आएको ईप्रकामा पुगेका सर्वसाधारणहरुको प्रतिकृया छ । 

वडा कार्यालयमा कुटपिटको घटना घट्नु दुखद भएको भन्दै वडाध्यक्ष सन्त बहादुर गाहाले विज्ञप्ती नै जारी गरेका छन् । शान्त पुवर्क छलफल चलेर लगभग टुङ्गीसकेको थियो । १ मिनेटमा नै हात पात र कुटपिट भयो । कानुन अनुसार दोषि उपर कार्यवाही हुनु पर्छ । अध्यक्ष गाहाको भनाई रहेको छ ।

स्थानिय युवाहरुले भने रबाव, दवाब र प्रभावमा परेर समाजमा अराजकहरुको विग्वीगीबढेको भन्दै त्यसको विरोध गर्न सबैलाई आवाहन गरेका छन । कुनै पनि घटनाका पिडितहरुको उजुरी प्रहरीले लिनु पर्नेमा मान्छे हेरर मात्र उजुरी लिने गरेका कारण राजबहादुर क्षेत्रीले न्याय नपाउने भन्दै उनको न्यायका लागि  बर्दघाट नगरपालिकामा प्रर्दशनमा सहभागि हुन आवाहान गरेका छन् ।

जाहेरीमा पिडकको रुपमा किटान गरिएका बर्दघाट–१४ बस्ने रितमान कामु, प्रेम कामु र जीवन कामुसंग घटनाको बारेमा प्रतिकृया लिन फोन गर्दा मोबाईल स्विचअफ भएका कारणले कुनै प्रतिक्रिया लिन सकिएन ।

 

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ