+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नवलपरासी फोटोग्राफर संघको पाचौँ वार्षिकोत्सव : ६० जनाले गरे रक्तदान

न्यूज कुरा
२०८१ भाद्र ५, बुधबार

 

५ भदौ, नवलपरासी : नवलपरासी फोटोग्राफर संघले ५ औं वार्षिकोत्सवको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संघले हरेक बर्ष रक्तदान गरि वार्षिकोत्सव मनाउने गरेकोमा यसपटक ६० जनाले रक्तदान गरेका हुन । 

बर्दघाटमा आयोजना गरिएको कार्यक्रममा ५२ जना पुरुष र ८ जना महिलाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रम पछि आयोजित औपचारिक कार्यक्रममा बोल्दै प्रमुख अतिथिको रुपमा रहेका नेपाल नेपाल फोटोग्राफर महासंघका अध्यक्ष महेन्द्र प्रसाद उपाध्यायले राजधानी भन्दा बाहिर दक्ष फोटोग्राफरहरू छैनन् भन्ने धारण रहेकोमा महासंघ ले त्यसलाई चिर्न सफल भएको बताउनुभएको थियो । उहाँले फोटोग्राफरहरू व्यवसायिक मात्र नभएर सामाजिक कार्यमा पनि अब्बल रहेका छ्न भन्ने कुरा रक्तदान कार्यक्रमले पुष्टि गरेको बताउँदै आगामी दिनमा यस्ता कार्यलाई थप बृहत् बनाउदै निरन्तरता दिन आवश्यक रहेको धारण व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल फोटोग्राफर संघका केन्द्रिय सदस्य चेतनारायण पाण्डे, बर्दघाट नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष वेधबिना तिवारी, नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा का संयोजक सुरज केसी लगायतले रक्तदानको आवश्यकता र महत्वको बारेमा मन्तव्य व्यक्त गर्नुभएको थियो ।

अहिले देशका विभिन्न ठाउँहरूमा प्राकृतिक विपद, दुर्घटना र विभिन्न कारणले रगत अवश्य परेका घाइते तथा बिरामीहरूलाई मध्यनजर गरेर कार्यक्रम आयोजना गरिएको संयोजक टेकराज भट्टराईले बताउनुभयो ।
कार्यक्रम जिल्ला अध्यक्ष प्रेम प्रसाद  गौतमको अध्यक्षता र महासचिव यज्ञमूर्ति भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ