+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

दाउन्ने सडक खण्ड भासिदा यात्रा कठिन 

न्यूज कुरा
२०८१ श्रावण २९, मंगलवार

२९ साउन, नवलपरासी: नवलपरासी पश्चिम र नवलपरासी पुर्वको सिमानामा रहेको दाउन्ने सडक खण्डमा सडक भासिदा यात्रा कठिन बनेको छ । अघिल्लो वर्ष सडक छेउको घर भाँसिएको स्थानमा थप पहिरो जाँदा दाउन्नेमा सडक भाँसिएको छ।

सोमबार अपरान्ह ४ बजेतिर दाउन्ने मन्दिर प्रवेश गर्ने गेट अगाडिको सडक भाँसिएपछि दाउन्नेमा सवारीको जाम लागेको छ । एकतर्फ भीर र अर्कोतर्फ घरहरु भएकाले अघिल्लो वर्ष भाँसिएको सडक मर्मत भएको थिएन । गत बर्ष भासिएको सडक नजिकै अहिले भासिदा सडकको यात्रा थप कस्टकर बनेको छ । सामान्यरुपमा मर्मत गरिएको सडकमा फेरि पहिरोको समस्या थपिएको स्थानीय मिरा थापाले बताउनु भयो । ” पोहोर पनि अलिकति सडक भासिएको थियो अहिले पनि सडक भासिएको छ । सडक भासिदा सडकको यात्रा गर्ने यात्रु मात्रै नभई हामी स्थानीयलाई पनि समस्या भएको छ ।” थापाले भन्नुभयो । सडकमा परेको ससाना खाल्डाखुल्डी र भासिएको ठाउँमा तत्काल मर्मत गर्न कोहि कसैले ध्यान नदिएको थापाले उल्लेख गर्नु भयो ।

अहिले दाउन्ने सडक खण्डको दाउन्ने मन्दिर जाने बाटो नजिकै सडक भासिएको छ । सडक भाँसिएका कारण यातायात एकतर्फीरुपमा मात्र संचालनमा आएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डिएसपी बेदबहादुर पौडेलले बताउनु भयो । अहिले रातको समयमा मर्मत गर्न सम्भव नभएकाले सडक डिभिजन कार्यालयको संयोजनमा (आज) मंगलबारबाट मर्मतको काम सुरु हुने छ । बुटवल नारायगढ सडक खण्डका आयोजना प्रमुख ससान्क मिश्रले दाउन्ने सडक खण्डमा यात्रा सहज गराउन हर प्रयास भइरहेको बताउनु भयो । ” सडकमा परेका खाल्डाखुल्डी र केहि भासिएको ठाउमा मर्मत गरि यात्रा सहज गराउछौँ ।” मिश्रले भन्नुभयो ।

बुटवल–नारायणगढ सडक विस्तारका क्रममा जीर्ण भएको दाउन्ने खण्डको यात्रा अहिले निकै कष्टकर रहेको छ । सडकका खाल्डाखुल्डी तथा ठाउँठाउमा भासिएको सडकका कारण अहिले पूर्व–पश्चिम नवलपरासीको यात्रा गर्ने सवारीसाधन र यात्रु लामो जाममा बस्नु पर्ने बाध्याता रहेको छ । पूर्वबाट पश्चिम क्षेत्रमा जाने सवारी दुम्कीवास र पश्चिम क्षेत्रबाट पुर्बी क्षेत्रमा जाने सवारी साधनहरु दाउन्ने सडक खण्डको एस मोड देखी नै रोकिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ