+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गुल्मीमा विसालु च्याउको सेवनबाट ८ जना विरामी

वासुदेव पोखरेल
२०८१ श्रावण २८, सोमबार

२८ साउन, गुल्मी: गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर ८ खानीगाउँमा जंगली विसालु च्याउको सेवनबाट ८ जना विरामी परेका छन् । आईतबार रेसुङ्गा सामुदायिक बनबाट स्थानिय ६५ बर्षिया टोमबहादुर थापाका जेठा ज्वाई ओसन काउछाले डल्ले च्याउ जस्तो देखिने जंगली च्याउ टिपेर ल्याएका थिए ।

जंगली च्याउ पकाएर खाने क्रममा ८ जनालाइ बान्ता हुने समस्या देखिएको थियो । च्याउ खाएर। विरामी हुनेहरुमा रेसुङ्गा ८ का ६५ बर्षिय टोम बहादुर थापा, निजको श्रीमती ६२ बर्षिय दिलकुमारी श्रिस, ३८ बर्षिय छोरा लक्ष्मण थापा, २९ बर्षिय छोरा विकास थापा, १ण् बर्षिय नातिनि दिपिका थापा, १२ बर्षिय नातिनि विनिसा थापा, ४२ बर्षिया छोरी सिर्जना काउछा, घरमा पाहुना आएकी ३९ बर्षिय छोरी गिता थापा रहेका छन् ।

बिरामी परेका राती १० बजेर २० मिनेटको समयमा जिल्ला अस्पताल तम्घासमा लगिएकोमा सामान्य उपचार पछि रातको १ बजेर १० मिनेटको समयमा थप उपचारका लागि पाल्पाको प्भासमा रहेको लुम्विनी मेडिकल कलेजमा पठाईएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक रामकुमार केसीले जानकारी दिनुभएको छ ।
विरामीहरुको उपचार भैरहेको र उनीहरुको स्वास्थ्य अवस्था सुधारको अवस्थामा रहेको केसीले बताउनुभएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

वासुदेव पोखरेल

ट्रेन्डिङ