+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मुसिकोट पहिरो अपडेटः मृतकको सनाखत खुल्यो

न्यूज कुरा
२०८१ श्रावण २२, मंगलवार

२२ साउन, गुल्मी: मुसिकोट: नगरपालिका वडा नम्बर १ बिसौनामा पहिरोले घर पुरिँदा मृत्यु हुने ४ जनाकै सनाखत भएको छ ।
मृतकहरु एकै परिवारका रहेका छन् । ६७ बर्षका हुकुम विक, ६६ बर्षकी मसुरी विक, ४५ बर्षका गोरे विक र साढे २ बर्षकी रियान्सी विकका मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक रामकुमार केशीले जानकारी दिनुभयो ।

पहिरोमा परी घाईते हुनेमा बर्ष ३१ का विष्णु विक र निजकी श्रीमती बर्ष २३ की मुना विक घाईते भएकी छन् । घाईतेलाई उपचारका लागि नजिकैको स्वास्थ्य चौकीमा पठाईएको प्रहरी निरिक्षक केसीले बताउनुभयो ।

गुलमीमा गएराती देखी अविरल बर्षा भैरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ