२१ साउन, रुपन्देही: संचारकर्मी महिलाका लागि लङफम स्टोरी लेखन कार्यशाला बुटवलमा शुरु भएको छ । लैगिक समानता र सामाजिक समावेशीकरणका विषयका समाचार लेखनलाई प्रभावकारी र उद्धेश्यमूलक बनाउन सोमबारदेखि कार्यशाला आयोजना गरिएको हो ।
सोमबारदेखि सुरु भएको कार्यशाला ३ दिनसम्म चल्नेछ । कार्यशालाको पहिलो दिन लैगिक समता, समानता र सामाजिक समावेशीकरण लगायतका विषयमा विषयगत समाचार तयार गरिएको थियो छ । जसमा प्रदेश र स्थानिय तहमा रहेका लैंगिक, सामाजिक, महिला, बालबालिका स्वास्थ्य लगायत विषयमा छलफल भएको थियो ।
कार्यशालामा बोल्दै संचारिका समुह लुम्बिनीका अध्यक्ष अमृता अनमोलले समाचारलाई प्रभावकारी बनाउन खोज तथा अनुसन्धानमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले समाचारका स्रोत धेरै भए पनि विषयवस्तु पहिचान गर्न नसक्दा समाचारले सञ्चार माध्यममा प्राथमिकतामा पर्न नसकेको बताउदै समाचारलाई गुणस्तरिय र पठनयोग्य बनाउन अध्ययन जरुरी भएको रहेको जनाउनुभयो ।
कार्यशालामा सहजीकरण गर्दै संचारिका समूह लुम्बिनीका उपाध्यक्ष रुपा गहतराजले महिलाका विषयलाई महिला र दलितका विषय दलितले मात्रै उठान गर्नुपर्छ भन्ने गलत मान्यताका कारण पनि सामाजिक विषयवस्तु ओझेलमा परेको बताउनुभयो। उहाँले सबै क्षेत्रलाई सबैले आफनो विषय सम्झेर कलम चलाउन सके समाजले पत्याउने समाचर बन्न सक्ने बताउनुभयो।
कार्यशालमा रुपन्देही, नवलपरासी पश्चिम, पाल्पा र गुल्मीका १५ पत्रकार महिलाको सहभागिता रहेको छ । युएसएआइडी नागरीक समाज र सञ्चार कार्यक्रम अन्तरगत संचारिका समुह नेपालले कार्यशाला आयोजना गरेको हो ।
प्रतिक्रिया