+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एसपीएम कलेजको कक्षा १२ मा उत्तीर्ण विद्यार्थीलाई सम्मान

हरि सुवेदी
२०८१ श्रावण २१, सोमबार
२१ साउन, गैडाकोट: एसपीएम कलेज गैंडाकोटले एक कार्यक्रमका बिच कक्षा १२ मा उत्तीर्ण विद्यार्थीलाई बधाई तथा पुरस्कार वितरण सम्पन्न गरेको छ । कलेजका प्राचार्य दीपेन्द्र पौडेलको अध्यक्षतामा आयोजित सो कार्यक्रममा कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रभक्त अधिकारी प्रमुख अतिथि रहनुभएको थियोे ।
उहाँले उत्तीर्ण विद्यार्थीलाई बधाई दिँदै समुज्ज्वल भविष्यको कामना गर्नुभयो । कलेजको इतिहासमै उत्कृष्ट नतिजा हासिल गरेकोमा खुशी व्यक्त गर्नुभयो । कार्यक्रममा वडा नं २ का वडा सदस्य सकिला परियार, प्रजातान्त्रवादी प्राध्यापक संघका सभापति गोविन्द रिमाल, उत्तीर्ण विद्यार्थीको तर्फबाट सीता कँडेल लगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा ३.३७ जिपिए ल्याएर प्रथम हुने सीता कँडेल, ३.२७ जिपिए ल्याई द्वितीय हुने  मनकुमारी थापा र ३.०५ जिपिए ल्याई तृतीय हुने पवन नेपाली लगायत उत्तीर्ण हुने २९ जना विद्यार्थीलाई सम्मानित गरिएको थियोे । शिक्षा शास्त्र संकाय प्रमुख एवम परीक्षा संयोजक माधवप्रसाद सिग्देलको सहजीकरण रहेको सो कार्यक्रममा प्राध्यापक संघका पूर्व सभापति शिवजी अधिकारीको स्वागत मन्तव्य रहेको थियो ।
कलेजले आजैदेखि स्नातक तहमा मानविकी, शिक्षा शास्त्र र व्यवस्थापन विषयमा भर्ना खोलेको छ भने कक्षा ११ को पठनपाठन तयारी गरिरहेको जानकारी कलेजका प्राचार्य दीपेन्द्र पौडेलले दिनुभयो । कक्षा १२ मा सर्वोत्कृष्ट ३.३७ जिपिएसहित ५१.०२% विद्यार्थी उत्तीर्ण भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

हरि सुवेदी

ट्रेन्डिङ