+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विजय आधारमूत विद्यालयमा समाजसेवी स्वः रामलाल पराजुलीको स्मृतिमा अक्षयकोष स्थापना

हरि सुवेदी
२०८१ श्रावण १९, शनिबार

१९ साउन, गैडाकोट: विजय आधारभूत विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सल्लाहकार स्वः रामलाल पराजुलीको पूण्य स्मृतिमा उहाँकी धर्मपत्नी फूलुमाया पराजुलीले विद्यालयमा एक लाख रुपैँया बराबरको अक्षयकोष स्थापना गर्नुभएको छ ।

विद्यालयमा शुक्रबारआयोजित विशेष कार्यक्रममा प्रमुख अतिथी फूलुमाया पराजुलीले अक्षयकोष रकम विद्यालयलाई हस्तान्तरण गर्दै सो अक्षयकोषको व्याज रकमबाट गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने कुरा बताउनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथी गैँडाकोट नगरपालिकाका नगर शिक्षा समिति सदस्य दोलराज पाण्डेले सो अक्षयकोषलाई सहि सदुपयोग गर्नका लागि विद्यालयलाई अनुरोध गर्नुभयो । विशिष्ट अतिथी सामुदायिक रेडियो विजय एफ।एम १०१।६ का अध्यक्ष त्रिलोचन सापकोटा, वडा सदस्य तर्क बहादुर थापा, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ पदाधिकारीहरु र अभिभावकहरुको उपस्थिति रहेको थियो ।

विद्यालयका प्रधानाध्यापक सरस्वती पाण्डेले स्वः पराजुलीको विद्यालयमा रहेको योगदानबारेमा बताउँदै स्वागत मन्तव्य राख्नुभएको थियो । विद्यालयका शिक्षक तेजलाल अर्यालले सहजीकरण गर्नुभएको सो कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष कलाधर पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

हरि सुवेदी

ट्रेन्डिङ