+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पाल्हीनन्दनका कुमार बढईको धारिलो हतियार प्रहार गरी हत्या

न्यूज कुरा
२०८१ श्रावण १४, सोमबार

१४ साउन, नवलपरासी: पश्चिम नवलपरासीमा धारिलो हतियार प्रहार गरि एक जनाको हत्या भएको छ । पाल्हीनन्दन गाउँपालिका–५ हर्दी बस्ने उमेश बढईको छोरा २० वर्षीय रोशन कुमार बढई भन्ने सूर्य कुमार बढईको गएराति हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नवलपरासीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रेशम बोहराका अनुसार आफ्नै घरमा सुतिरहेका सूर्य कुमारलाई धारिलो हतियारले घाँटी रेटि अज्ञात समूहले हत्या गरेको हो । हत्या गर्ने समूहको खोजी कार्य भईरहेको डिएसपी बोहराले जानकारी दिनुभयो ।

सूर्य कुमार कक्षा १२ को परीक्षा दिएर बसेका थिए । उनको पिता बैदेशिक रोजगारीमा रहेको बताईएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी ज्ञानेन्द्रप्रसाद फुयालसहितको प्रहरी टोली खटिएको छ ।

हत्या किन र कसले गर्यो भन्ने विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानपछि शव पोष्टमाटमका लागि पृथ्वीचन्द्र अस्पताल ल्याइएको नवलपरासी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ