+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपाल टेलिकमले चर्चेको जग्गा हड्प्दै टेलिकमकै सुरक्षागार्ड

विष्णु खनाल
२०८१ श्रावण १२, शनिबार

१२ साउन, नवलपरासी: नेपाल टेलिकमको दाउन्ने डाँडामा रहेको रिपिटर टावरको सुरक्षार्थ खटिएका सुरक्षा गार्डले टेलिकमले चर्चेको जग्गा हडप्ने प्रयास गरेका छन् । सुरक्षार्थ खटिएका गार्ड मन बहादुर अस्लामीले टेलिकमले चर्चेको जग्गामा ब्यक्तिगत टहरो निर्माण गर्न लागेका हुन् ।

विगत ५ बर्ष अघि टावरको सुरक्षार्थ खटिएको नेपाली सेना स्थानान्तरण भएर जाने क्रममा सेनाले स्थानिय प्रतिनिधि, नेपाल टेलिकम, नेपाल टेलिभिजन, रेडियो नेपालका प्रतिनिधि, तत्कालिन प्रमुख जिल्ला अधिकारी लगायतको रोहवरमा संरचना र त्यसले चर्चेको जमिन एकमुष्ठ हस्तान्तरण गरेको थियो ।

नेपाली सेनाले छोडे संगै टेलिकम टावरको सुरक्षाका लागि नेपाल टेलिकमलाई सुरक्षा गार्ड उपलब्ध गराउने जिम्मा पाएको कान्तिपुर सेक्युरिटी ग्रुपले खटाएका सुरक्षा गार्ड अस्लामीले टावरको सुरक्षा गर्दै आईरहेका छन् । अस्लामिलाई आबासको ब्यबस्था टेलिकमलेनै गरिदिएको छ । अस्लामीले टावरको सुरक्षा मात्र गरेनन् उनले नेपाली सेना बस्नका लागि टेलिकमले निर्माण गरेका टहराहरुको टिन उक्काएर आफ्नो ब्यक्तिगत टहरा बनाउन लागे ।

टेलिकमको सम्पती ब्यक्तिगत रुपमा हडप्ने प्रयास भैरहेको भन्दै स्थानियले नेपाल टेलिकमको बर्दघाट कार्यालयलाई जानकारी गराएका थिए । सामान्य तरिकाले सम्झाउँला अस्लामीले टहरा निर्माण कार्य नरोकेपछि नेपाल टेलिकम लुम्विनी प्रदेशका प्रशासन प्रमुख तेजप्रसाद बस्याल सहितको टोलीले स्थलगत अनुगमन गरेको थियो ।

टहरा बनाएर आफ्नो मामालाई राखन लागेको अस्लामी आफैले स्विकार गरेका छन् ।उनले भने “टहराको टिन हावाले उडाउन लागेको थियो टिन उक्काएर मैले त्यहि ठाउँमा टहरा बनाएर मामालाई राख्न खोजेको थिएँ ।”

टेलिकमले चर्चेको जग्गामा ब्यक्तिगत टहरा निर्माण गर्न लाग्दा पनि हाल सम्म टेलिकमले कुनै कारबाही प्रकृया सुरु गरेको छैन । दाउन्ने डाँडामा नेपाल टेलिकम, नेपाल टेलिभिजन र रेडियो नेपालको रिपिटर टावर रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

विष्णु खनाल

ट्रेन्डिङ