+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

निस्ती खोलाले बगाएर बेपत्ता भएका कार्की मृत अबस्थामा फेला

वासुदेव पोखरेल
२०८१ श्रावण ११, शुक्रबार

११ साउन, गुल्मी: गत साउन ५ गते खोला तर्ने क्रममा निस्ती खोलाले बगाएर बेपत्ता भएका मुसिकोट नगरपालिका २ का ३१ बर्षिय बोमबहमदुर कार्की मृत फेला परेका छन् ।

खोलाले बगाएर बेपत्ता भएका कार्कीको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानियले खोजी कार्य जारी राखेका थिए । उनको शव वडा नम्बर ४ दोभान स्थित छल्दी खोलाको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक शंकर पोखरेलले जानकारी दिनुभयो ।

 

कार्कीको घर वडा नम्बर १ अरेवामा भए पनि उनी आफ्नो मामाघर वडा नम्बर २ मा बस्दै आएका थिए । उनलाई इस्मा गाउँपालिका वडा नम्बर १ स्थित खेतबाट फर्कने क्रममा खोलाले बगाएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

वासुदेव पोखरेल

ट्रेन्डिङ