३१ असार, नवलपरासी: बर्दघाट ९ पञ्चनगरका प्रकाश घिमिरेले आफ्नो जन्मोत्सव रक्तदान कार्यक्रम गरेर मनाउनुभएको छ । संसारकोट ड्राईभिङ ट्रेनिङ्ग सेन्टरका संचालक घिमिरेले जन्मोत्सवको अवसरमा केही भए पनि सेवा गर्न सकुँ भन्ने उद्देश्यका साथ रक्तदान कार्यक्रम आयोजना गरेको बताउनुभयो ।
कार्यक्रममा ३४ जनाले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रमलाई सफल बनाउनका लागि नेपाल रेडक्रश सोसाईटी पञ्चनगर उपशाखा, जिल्ला रेडक्रशको प्राविधिक सहयोग रहेको थियो । रक्तदान कार्यक्रममा सहभागिहरुले जन्मोत्सवमा कुनै फजुल खर्च नगरी मानविय सेवामा समर्पित गरेकोमा घिमिरेलाई शुभकामना तथा धन्यवाद ब्यक्त गर्नुभएको थियो ।
घिमिरेले गत बर्ष पनि जन्मोत्सवमा रक्तदान कार्यक्रम आयोजना गर्नुभएको थियो ।
प्रतिक्रिया