३० असार, नवलपरासी: पश्चिम् नवलपरासीको प्रतापपुरमा बिषालु सर्पको टोकाइबाट महिलाको मृत्यु भएको छ । प्रतापुर गाउँपालिका वडा नम्बर ८ निवासी बर्ष ३२ कि रुना पालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफ्नै घरमा सुतिरहेको अवस्थामा बिहान ४ बजे उनलाई सर्पले टोकेर थियो ।बेहोस अवस्थामा उपचारका लागि नेपाल आर्मिको त्रिबेणि स्थित सर्पदङ्स उपचार केन्द्रमा उपचारका लागि लगिएकोमा त्यहा उपचार हुन नसकी थप उपचारका लागि पृथ्वीचन्द्र जिल्ला अस्पताल पुर्याएपनी बिहान ९ बजेको समयमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहोराले जानकारी दिनुभयो।
पछिल्लो समय गर्मी बढे सगै पश्चिम् नवलपरासीमा बिषालु सर्पको बिगबिगी बढेता पनि जिल्लामा भरपर्दो उपचार सेवा नहुदा अकालमै ज्यान जाने गरेको छ ।
प्रतिक्रिया