+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सञ्चारिका समूह नेपाल नवलपरासीको अध्यक्षमा न्युज कुरा सम्पादक खनाल 

न्यूज कुरा
२०८१ असार २५, मंगलवार

२५ असार, नवलपरासी: संचारीका समुह नेपाल पश्चिम नवलपरासीको भेलाले अध्यक्षमा न्युज कुरा सम्पादक बिष्णु खनाललाइ सर्वसम्मत रुपमा चयन गरेको छ । बर्दघाटमा सोमबार बसेके भेलाले विष्णु खनालको अध्यक्षतामा ११ सदस्यत जिल्ला कार्य समिति गठन गरेको।

समुहको सचिवमा डोल्मा चौधरी, कोषाध्यक्षमा सम्झना सुवेदी , सदस्यहरुमा सोनकली थारु, रेनुका चौधरी, सुनयना चौधरी,गिता भट्टराई, अनु सुनार, मिना केशि, र हसिना खातुन रहनु भएको छ । उपाध्यक्ष पद खालिरहेको सचारिका समुह नवलपरासीले अगामि बैठकबाट मनोनित गर्ने अध्यक्ष खनालले जानकारी दिनु भयो ।

संचारिका समुहका क्रियाशिल उप समितिमा हसिना खातुनको संयोजकमा अन्जु सहानी, शितमती हरीजन,शोभा यादव, आरती राना, शारदा धिताल,अमृता सुनार, सुष्मा क्षेत्री,रहनुभएको छ । जिल्लाका क्रियाशिल पत्रकार महिलाहरुलाइ जोडदै जाने संचाहिका समुह नवलपरासीले जानकारी दिएको छ ।

कार्यक्रमा संचारिका समुह नेपाल लुम्बिनी प्रदेश अध्यक्ष अमृता अनमोल, संचारिका समुह नेपाल लुम्बिनी प्रदेश कोषाध्यक्ष उषा किरण पन्तको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ