२२ असार, नवलपरासी: पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा नारायणी नदिले बगाएर बेपत्ता भएका छन् । नदीमा बाढिमा बगेर आएका काठदाउरा छोप्ने क्रममा सुस्ता ५ सकरदिनई बस्ने राम केवल चमारका छोरा ३३ बर्षिया अर्जुन चमारलाई नारायणीले बगाएको हो ।
नदीले बगाएका चमारको अवस्था अहिले सम्म पत्ता लाग्न सकेको छैन । उनी शनिबार साँझ ४ बजेर ४५ मिनेटको समयमा घर देखी २ किलोमिटर टाढा नारायणी नदिमा दाउरा छोप्नका लागि गएका थिए । दाउरा छोप्ने क्रममा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (ब.सु.प) का सुचना अधिकारी प्रहरी नायव उपरिक्षक रेशम बोहोराले जानकारी दिनुभएको छ ।
बेपत्ता चमारको प्रहरी र स्थानियको सक्रियतामा खोजी कार्य जारी रहेको छ । बर्षाको समयमा नारायणीले बगाएर ल्याउने काठ दाउरा छोप्ने क्रममा यस अघिका बर्षहरुमा पनि धेरैले ज्यान गुमाईसकेका छन् ।
प्रतिक्रिया