+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नारायणीको बहाव पस्दा गैडाकोटको बोटे टोल डुवानमा

न्यूज कुरा
२०८१ असार २२, शनिबार

२२ असार, गैडाकोट: नारायणी नदिको बहाव बस्तीमा पस्दा गैंडाकोटमा २५ घर डुवानमा परेका छन् । निरन्तर परिरहेको बर्षाका बारण नारायणीमा जल सतह उच्च भए संगै गैडाकोट २ बोटेटोलको बस्ती डुवानमा परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक वेद बहादुर पौडेलले बताउनुभयो ।

घरभित्र बाढि पसेपछि खाद्यान्न, तत्ताकपडा सबै भिजेर क्षति भएको छ ।

बाढिले बगाएर ल्याएका काठका मुडाहरु पनि घरभित्र पसेको छ । बस्तीमा बाढि पसेपछि स्थानिय, प्रहरी, जनप्रतिनिधि को सहयोगमा सुरक्षित स्थानमा सार्ने कार्य भैरहेको छ ।

प्रभावितहरुलाई अहिले टोलविकास संस्थाको ट्रष्टमा स्थानान्तरण गरिएको छ । पशु चौपाया र खाद्यान्न आफन्तकोमा सार्ने कार्य भैरहेकोपौडेलले बताउनुभयो ।

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ