३१ जेठ, नवलपुर: पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा नगरपालिकाले निर्माण गर्दै गरेको नालामा पुरिएर मृतयु हुनेको संख्या ३ पुगेको छ । ज्यान गुमाउने ३ जना नै महिला रहेका छन् । उनीहरु सबै नालामा काम गर्दैै गरेका मजदुरहरु हुन् ।
यस अघि दुई जना महिलाको मृत्यु भएकोमा एक जना महिलाको खोजी कार्य जारी थियो । प्रहरीका अनुसार पछिल्लोपटक ३२ बर्षिया चमेली दर्लामी अचेत अवस्थामा अवस्थामा भेटिएकी हुन् ।
कावासोती २ फलफुल चोक स्थित निर्माणाधिन नाला (ढल) निकासीको लागि हेमपाइप राख्ने क्रममा २० फिट नालामा काम गर्ने क्रममा अचानक सोही ठाउँमा खनि जम्मा पारेको माटोको ढिस्को खसेर पुरिएको थियो ।
ढिस्कोले पुरिएर कावासोती ५ लक्ष्मीनगर निवासी ५१ बर्षीय सेती राना, २६ बर्षीय तान माया गाहा र ३२ बर्षीय चमेली दर्लामीको निधन भएको हो ।उनीहरुलाई जेसिबी र स्थानीयको सहयोगमा प्रहरीले उद्दार गरेर जिल्ला अस्पताल डण्डा पुर्याइएकोमा अस्पतालले मृत घोषणा गरेको हो । नाला विश्व बैंकको ७ करोड सहयोगमा निर्माण गरिएको थियो । केही दिन भित्र काम सक्ने गरी काम भईरहेको थियो ।
यसैबीच स्थानीयले नगरपालिकाले बर्षा लागेपछि काम गरेको र बर्षा लागेपछि काम लगाएका कारण मजदुरहरुको ज्यान गरेको भन्दै नगर प्रमुख विष्णु भुसालको घर घरेर ढुंगामुढा गरेको स्थानीयले जनाएका छन् ।
स्थानीयले नाला ठूलो भएको र बर्षामा काम गर्दा कुनै दुर्घटना हुन सक्ने भन्दै नगरपालिकाको कामको विरोध गर्दै आएको थिए । नाला निर्माणको जिम्मा स्थानीय ठेकेदार मित्रलाल पाण्डेले लिएका थिए । नगरप्रमुख, निर्माण ठेकेदार, प्राविधिक लगायतको लापारवाहीले घटना भएको भन्दै स्थानीय आक्रोशित भएका छन् ।
प्रतिक्रिया