+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नवलपुरमा ढल निकासका लागि खाल्डो खन्ने क्रममा पुरीएर दुईजनाको मृत्यु

न्यूज कुरा
२०८१ जेष्ठ ३१, बिहीबार

३१ जेठ, नवलपुर: नवलपुरको कावासोती नगरपालीकामा नाली निर्माण गर्ने क्रमममा पुरीएर दुईजना मजदुरको मृत्यु भएको छ । वडा नम्बर २ को फलफुल चोक नजिकै ढल निकास गर्ने नाला निर्माणका लागि खाल्डो् खन्दै गर्दा माटो खसेर पुरीएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक वेद बहादुर पौडेलले जानकारी दिनुभयो ।

साँझ ७ बजेतिरको समयमा खाडलमा ३ जना पुरीएकोमा खोजी कार्य गर्दा २ जनाको शव फेला परिसकेको र एक जना अझै नभेटिएको बताईएको छ । मृत्यु हुनेमा कावासोती ५ लक्ष्मीनगर बस्ने बर्ष ५१ की रिता सोती र बर्ष २६ की तान माया गाहा रहेको प्रहरीले जानकारी दिएको छ । माटोले पुरीएका उनीहरु अचेत अबस्थामा भेटीएका उनीहरुलाई मध्यविन्दु अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

खाडलमा पुरीएका थप एकजनाको खोजी कार्य जारी रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

न्यूज कुरा

ट्रेन्डिङ