२९ जेठ, नवलपरासी: बर्दघाट ९ पञ्चनगरमा निशुल्क योग विज्ञान शिविर सुरु भएको छ । त्रिनेत्र जेष्ठ नागरिक दिवा सेवाकेन्द्र को आयोजना र पतञ्जली योग समिति जिमिरेभारको सहकार्यमा जेठ २९ गते देखी असार ५ गते सम्म शिविरकोे आयोजना गरिएको हो ।
शिविरको उद्घाटन गर्दै बर्दघाट नगरपालिकाका नगर प्रमुख सम्भुलाल श्रेष्ठले योगले मानिसलाई शारिरिक र मानसिक रुपमा स्वस्थ बनाउने बताउनुभएको थियो । उहाँले बर्दघाट नगरपालिकाले योगलाई निति तथा कार्यक्रममै समावेश गरिसकेको र १६ वटै वडामा संचालन गरिने बताउनुभयो ।
शिविरमा साविक पञ्चनगर अन्तरगत बर्दघाट नगरपालिकाका वडा नम्बर ८, ९, १० र ११ का नागरिकहरुको सहभागिता रहेको छ । पतञ्जली योग समिति त्रिनेत्रधामका संयोजक नरेश पंगेनीले सहभागिहरुलाई योग अभ्यास गराईरहनुभएको छ ।
शिविर तनहुँ रुपाकोट पार्टी प्यालेसको सभाहलमा संचालन भैरहेको छ । शिविरको समापन असार १ गते हुनेछ ।
प्रतिक्रिया